प्रदेश

बाणगंगा बैंकर्स क्लबको अध्यक्षमा भट्टराई




कपिलवस्तु, ०१ फागुन ।
बाणगंगा बैंकर्स क्लबको अध्यक्षमा सिटिजन्स बैंक इन्टरनेशल पिपरा शाखाका शाखा प्रमुख भिमकान्त भट्टराई चयन भएका छन् । बाणगंगा बैंकर्स क्लबको अधिवेशन मार्फत भट्टराईलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । बाणगंगा नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ वर्ष अगाडी बैंकर्स क्लबको गठन गरेका थिए ।

त्यस्तै बैंकर्स कल्बको उपाध्यक्षमा ग्लोबल आइएमइ बैंक बनगाइ शाखाका शाखा प्रमूख मनोज शर्मा र एनआइसि एसिया बैंक जितपुर शाखाका शाखा प्रमूख तारानाथ भुसाल चयन भएका छन् भने नेपाल इनभेष्टमेन्ट मेगा बैंक जितपुर शाखाका शाखा प्रमूख राजेन्द्र शर्मालाई सचीवको जिम्मेवारी प्रदान गरिएको छ ।

क्लबको कोषाध्यक्षको जिम्मेवारी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक जितपुरका प्रमूख माधव घिमिरेलाई प्रदान गरिएको छ ।बाणगंगा नगरपालिका भित्रका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका प्रमूखहरू बैंकर्स क्लबको सदस्य रहने बाणगंगा बैंकर्स क्लबले बैंकर्सको पेसागत हकहितका लागि काम गर्ने अध्यक्ष भट्टराईले जानकारी दिएका छन्

प्रकाशित : १ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६