खोज–अनुसन्धान

लुम्विनीमा उच्च समाबेशी स्वरुपको मन्त्री मण्डल : ७० प्रतिशत नया अनुहार




कपिलवस्तु ५ फागुन ।माघ २७ मापूर्णता पाएको लुम्विनी प्रदेशको मन्त्री मण्डल सबै पक्षमा सन्तुलित देखिएको छ । जातिय समुदायका हिसावले हेर्दा पहाडिया समुदायवाट वाहुन क्षेत्री मधेसी समुदायवाट यादव गुप्ता सहित थारु समुदायको समेत दह्रो उपस्थितीछ । महिलाको समेत प्रतिनिधीत्व छ । यो समाबेशीताको राम्रो उदाहरण बनेको छ । सरकारमा दलितको प्रतिनिधित्व भएन भन्ने आधार छ त्यो वाहेक उच्चतम समाबेशीताको उदाहरण सरकार गठनमा देखा परेको छ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले एक महिना पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री गिरीले माघ २७मा मन्त्रिपरिषद् विस्तार गरेका हुन् भने आइतबार मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

१० सदस्यीय मन्त्री मण्डलमा ७ जना नयाँ अनुहार छन् भने ३ जना पुरानै अनुहार हुन् । नया अनुहार प्रतिशतमा ७० हुन आउछ ।प्रदेशभाबाट विश्वासको मत लिए लगत्तै मन्त्रीपरिषद्लाई पूर्णता दिने तरखरमा मुख्यमन्त्री गिरी रहेता भए सत्तारुढ दलहरु बीच भागबन्डा नमिल्दा मन्त्रि परिषद्ले पूर्णता पाउन सकेको थिएन् । मन्त्रीका आंकाक्षी धेरैे रहे पनि मुख्यमन्त्रीले १३ मन्त्रालयबाट घटाएर १० मन्त्रालयमा बनाएका छन्।सानो आकारको सरकारमा समेत यस प्रकारको समाबेशीता देखिनु सह्रानिय भएको वताइन्छ । प्रदेश सभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । गिरीलाई माघ ५ गते ८७ प्रदेशसभाका सदस्य मध्य ५९ सांसदले विश्वासको मत दिए ।

मुख्यमन्त्री गिरीसँगै नियुक्त भएका दुई विना विभागीय मन्त्री चेतनारायण आचार्य र कृष्णा केसी एक महिलासम्म मन्त्रालय विहीन् हुन पुगे । मुख्यमन्त्री गिरीलाई ७ दलले समर्थन भए पनि मन्त्रीपरिषद्मा ४ दललाई सहभागि भएका छन् ।मन्त्रिपरिषद्मा नेकपा एमालेबाट ४ मन्त्री, माओवादी केन्द्रबाट ३ मन्त्री र राप्रपा र जनमत पार्टीबाट १र१ जना मन्त्री बनेका छन् ।एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री, विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यस्तै माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले आर्थिक मामिला मन्त्रालय, इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकास मन्त्तालय, कृष्णा केसीले आन्तरिक मामिला, कानुन तथा सञ्चारको जिम्मेवारी पाइन् । १ महिनासम्म जिम्मेवारी नपाएकी मन्त्री केसीले आफूले चाहेको मन्त्रालय नपाउने बुझे पछि शनिवार राजीनामा दिइन् । उनी अहिले सम्म मन्त्रालय सम्हाल्न आएकी छैनन् ।यस्तै जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकास मन्त्रालय र राप्रपाकी जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

गिरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टी मन्त्रीपरिषद्मा सहभागि हुन् इच्छा गरे पनि मुख्यमन्त्री गिरीले सो दललाई सहभागि गराएन् ।मुख्यमन्त्री लिला गिरीको मन्त्रिपरिषद्का सदस्य मध्ये ७ मन्त्री पहिलो पटक मन्त्री बनेका छ । गिरीको मन्त्रिपरिषद्का सदस्य मध्ये एमालेबाट मन्त्री बनेका चेतनारायण आचार्य र माओवादीबाट मन्त्री बनेका इन्द्रजीत थारु मन्त्री पहिला पनि मन्त्री बनेका थिए ।बाँकी सबै पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हु्न् । अर्घाखाँचीको ख बाट निर्वाचित एमाले संसदीय दलका उपनेता समेत रहेका खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्य यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए भने दाङ १ (क) बाट निर्वाचित भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री बनेका थिए ।

प्रकाशित : ५ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६