कपिलवस्तु ५ फागुन । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले कपिलवस्तु नगर भित्रका महत्वपूर्ण पर्यटकीय सम्पदाको अवलोकन भ्रमण गर्नु भएकोछ। लुम्बिनी बिकास कोषका कोाषाध्यक्ष शिद्धिचरढा भटटाई ,वाइअप इन्भेष्टमेण्ट लिमिटेड मलेसियाका प्रतिनिधी एवम इन्टरनेशनल बौदिष्ट फडेरेशनका उपाध्यक्ष फेंग केवे सहित पर्यटकीय सम्पदा अवलोकनमा पुग्नु भएका मन्त्री पन्थीले जगशिपुर क्षेत्रमा विश्वकै अग्लो बौद्ध मुर्ति सहितको पार्क वनाउन दातृ निकायले तत्परता देखाएकाले आफुले अवलोकनमा लिएर आएको वताउनु भयो ।
मलेसिया स्थित वाइअप लिमटेडले श्रोत साधन लगानी गरे पार्क सहित बौद्ध मुर्ति स्थापना गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने गरि काम हुन थालेको सो अवसरमा वताइएको छ । बौद्ध मुर्ति २ सय ४५ मिटर आग्लो हुने छ ।कपिलवस्तु वडा नं ९ को जगदिशपुरको पश्चिमपटटी जरलैया —केवलपूर खण्डको नदी उकास जग्गामा पार्क सहित बुद्ध मुर्ति स्थापना गर्ने गरी जग्गा उपलब्ध गराउन कपिलवस्तु नगर पालिकाका मेयर सुदिप पौडेलले प्रतिवद्धता पत्र पठाएपछि वाईअप इन्भेष्टमेण्ट लिमिटेडका प्रतिनिधीले उक्त क्षेत्रको अवलोकन गरेका हुन् ।यस्तै प्रकृतिको पार्क सहितको बुद्धम्र्ति बाणगंगामा राख्ने समेत योजना हरेको वताइएको छ । मन्त्री सहितको टोलीलाई कपिलवस्तु नगरका मेयर सुदिप पौडेल ,वडानं ९ का अध्यक्ष दिपक गुरुङ र स्थानीय समाजसेवि भेषरज पाण्डेले स्वागत समेत गर्नु भएको थियो ।
५ फाल्गुन २०७९, शुक्रबार
प्रतिक्रिया