प्रदेश

स्वास्थ्य मन्त्री पन्थी भन्छन्ः प्रदेशको स्वास्थ्य सेवा सुधार गर्छौं



बुटवल, ०६ फागुन । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि आफू लागिरहेको बताएका छन् ।

शुक्रबार रुपन्देहीमा बोल्दै उनले प्रदेशको स्वास्थ्य नीति, अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, अस्पतालका भौतिक पूर्वाधारका लागि मन्त्रालयले विशेष काम गर्ने बताए ।

यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले खोपका विषयमा तिन तहका सरकारको सहकार्य आवश्यकता रहेको बताए ।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्यका सूचकमा लुम्बिनी प्रदेशको अवस्था दयनीय रहेको बताए ।

प्रकाशित : ६ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६