कपिलवस्तु ७ फागुन ।उद्योग ब्यापार संघ कपिलवस्तु को नियमित मासिक बैठक संघको सचिवालयमा विभिन्न निर्णय गर्दै सम्पन्न भयेको छ । संघ का अध्यक्ष खिमानन्द पौडेल कोपिल को अध्यक्षता , गोबिन्द पौडेलको संचालनमा भयेको दोस्रो बैठक मा निबर्तमान अध्यक्ष हुमनाथ पौडेलले सहजीकरण गर्नुभयेको थियो । बैठकमा अध्यक्ष खिमानन्द पौडेल कोपिलले आगामी एकबर्ष भित्र यस सस्थाले गर्ने कार्यक्रमको बारेमा कार्ययोजना सहितका प्रस्तावहरु पेस गर्नुभयेको थियो ।
विशेष गरि निकै महत्वका साथ हेरियको आगामी कपिलवस्तु महोत्सवको आयोजना सम्वनधमा व्यापक छलफल गरि निर्णय गरिएको छ । महोत्सवलाई सफल बनाउन सबैको साथ सहयोग र सहकार्य आबस्यक रहेको निष्कर्ष सहित कपिलवस्तुको पहिचान दिनेगरी सम्पुर्ण आबस्यक तयारी गर्न टोपनारायण बेल्बासे , हुमनाथ पौडेल र माधब भाट क्षेत्री रहेको कोर टिम समेत गठन गरिएको छ।त्यसैगरी बार्षिक कार्ययोजनामा आधारित रहि बार्षिक क्यालेन्डर तयार गर्न बरिष्ट उपाध्यक्ष यम बहादुर केसिको सम्योजकत्वमा ९ सदस्यिय कार्यक्रम उपसमिति निर्माण गरिएको छ।
आगामी बैठकमा बिज्ञहरुलाइ समेटी बिसयगत उपसमिति समेत गठन गरि सस्थालाइ थप ससक्त बनाउने निर्णय गरिएको छ । हाल बाजारमा देखिएको आर्थिक सुन्यतालाइ मध्यनजर गर्दै सम्बन्धित निकायहरुमा कुटनैतिक तथा ब्याबहारिक पहल गरिने समेत निर्णय भयको छ। साथै आज नै उद्योग ब्यापार संघ कपिलवस्तुका सदस्य धर्म बहादुर आलेको गत माघ २९ गते भयेको अकल्पनीय दुखद निधन प्रती शोक प्रस्ताव पारित गर्दै दिबङ्गत धर्म आलेको घरमा शोकसभा सहित श्रद्धाञ्जली कार्यक्रम समेत सम्पन्न गरियको छ
प्रतिक्रिया