ब्रेकिंग न्युज

तानसेनमा खानेपानीको चरम अभाव : उपभोक्ता धर्नामा ,समिती विरुद्ध संघर्षको घोषणा




पाल्पा १२ फागुन। तानसेनमा खानेपानीको चरम अभाव देखिएको छ । धारामा हप्तौं वित्दा समेत पिउनेपानी नआएपछि तानसेनका उपभोक्ताहरु धर्नाम बसेर आन्दोलित भएका छन् । तानसेनमा खानेपानी उपभोक्ता समिति लाचार बनेर तीन सातासम्म घरको धारामा पानी नआएपछि तानसे नका उपभो क्ताहरू आन्दो लित बने का हुन् ।खानेपानीको अभावले आक्रोशित बनेका उपभोक्ताहरू बुधबारदेखि खानेपानी कार्यालयमा शान्तिपूर्ण धर्नामा बसेका छन् । खानेपानीको सहज आपूर्तिको माग गर्दै उपभो क्ताहरू धर्नामा बसेका हुन् । धर्नामा बसेका उपभोक्ताले खानेपानीको समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
“हाम्रो माग सम्बो धन नभए कडा आन्दोलनमा उत्रिन्छौँ,” तानसेन बसपार्कका उपभोक्ता दिनेश गन्धर्वले भन्नुभयो, “खानेपानीको वितरणमा देखिएको समस्या तत्काल समाधान हुनुपर्छ ।” पटकपटक खानेपानी समस्याका बारेमा ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएपछि धर्ना बस्नुपरेको उहाँको भनाइ छ । खाने पानी उपभोक्ता समितिको चरम लापरबाहीका कारण तानसेनमा खानेपानी उपभोक्ताले न्यायो चित रूपमा पिउने पानी नपाएको उनीहरूको बुझाइ छ ।

उपभो क्ताले हरेक महिना खानेपानीको बिल तिर्दै आएपनि पिउनेपानी भने तीन सातासम्म नआएको तानसेन होलाङ्दीका उपभोक्ता राजेन्द्र अधिकारीले बताउनुभयो । उहाँले तानसेन उपभोक्ता समितिको लाचारीपना र गैरजिम्मेवारी पनाको कारण तानसेनका उपभोक्ताहरुले वर्षौदेखि दुःख पाउँदै आएको बताउनुभयो । उहाँले खानेपानी उपभोक्ता समितिको कार्यालयको कामहरु नै ठप्प हुने गरेर शान्तिपूर्ण विरोध धर्नाको कार्यक्रम गरिएको बताउनुभयो ।तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष पुरनमान बज्रचार्यले भने भोल्टेजको कारणले पानी दिन नसकिएको बताउनुभयो ।
सूचना बजाएर उम्किदै समिति :
पहिले हप्तौं खानेपानी नदिदा समेत रमिते बनेर बस्ने खानेपानी खानेपानी समितिले अहिले भने स्थानीय रेडियोमा सूचना बजाएर विद्युत समस्याले पानी नआएको जनाएको छ । उसले निर्वाचनको लागि नगरपालिकालाई अनुरोध समेत गरेको बताएको छ ।
समितिमा राजनीतिक सिण्डकेट :
तानसेन खानेपानी समितिमा अवैधानिक तवरले राजनीतिक दलहरुले भागवण्डा गरेर समिति चयन गरेको दशक बढी भएको छ तर अहिलेसम्म समितिको साधारण सभा र अधिवेशन हुन सकेको छैन । समितिको अध्यक्षमा काँग्रेसबाट स्व। चकोरमान शाक्य अध्यक्ष हुनुहुन्थ्यो तर उहाँको निधन भएको समेत लामो समयभइसक्दा समेत समितिले अध्यक्ष चयन गर्न सकेको छैन । शाक्यको निधनपछि एमालेका नेता तथा पूर्व प्रदेश सांसद पुरनमान बज्राचार्य कार्यवहाक अध्यक्ष भएर संस्था चलाउनुभएको छ तर त्यस समितिले उपभोक्ताको हक हितमा कहिल्यै पनि ख्याल नगरेको आम उपभोक्ताहरुको आरोप छ ।
वितरण प्रणाली अवैज्ञानिक :
प्रतापशम्शेरको पालामा भन्दा पनि अहिले अवैज्ञानिक वितरण प्रणाली तानसेन खानेपानीको छ । अहिले कर्मचारीको लापरवाहीले केही घरमा दिनभर धारा आउने कसैकोमा कम आउने, कहि पानी चुहिने, कहि के हुने जस्ता समस्याहरु रहेका छन् त्यसको समाधानतर्फ भने समिति उदासिन रहेको छ ।
स्थानीय मुलको पानी उपयोग बिहिन :
तानसेन नजिकै रहेका स्थानीय मुलहरु नारायणस्थान, तिनधारे, होलाङ्गदी, सिदुरे, काजीपौवा, धरमपानी लगायतका पानीका मुहानहरु संरक्षणमा भने कसैको चासो रहेको छैन । यि मुलहरुबाट रातीको समयमा लाखौं लिटर पानी बगेर खेर गइरहेको छ । त्यसलाई प्रभावकारी रुपमा व्यवस्थापन गरेर भण्डारण गर्न सकेमा पनि खानेपानीको समस्या नहुने गर्दछ । यस्तै काली गण्डकीको पानी ल्याउन थालिएपछि पुराना स्रोतहरु भुल्के, बाँझा लगायतको क्षेत्रको पानी संरक्षणमा समेत उपभोक्ता समिति को ध्यान गएको छैन । साथै समयमै खानेपानीको चुहावट नियन्त्रण, मर्मत संभारमा समेत उसको ध्यान जान सकेको छैन ।

प्रकाशित : १२ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६