कपिलवस्तु
कफी वारिस्ता तालिमलाई रोजगार मुलक बनाउन आवश्यक रहेको वाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । उद्यमशिलताको बिकास गर्दै उत्पादित बस्तुको बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले वाणगङ्गा नगरपालिकामा २० दिने निशुल्क कफी वारिस्ता सम्बन्धीे तालिमको उद्धघाटन गर्दै नगरप्रमुख अर्यालले यस्तो बताउनु भएकोे हो । अर्यालले तालिम लिएर रोजगारी र ब्यवसाय सग जोडिन सहभागिलाई अग्रह गर्नुभयो । पालिकाबाट अहिले सम्म ४०० बढि तालिम को आयोजना भएको भन्दै कतिपय तालिमका लागि छुटाइएको बजेट खर्च भए अनुसारको उपलब्धी हासिल नभएको बताउनु भयो । हामिले सिपमुलक तालिम भनेर बजेट बिनियोजन गर्छौ ,उहाले भन्नु भयो तालिम अनुसारको व्यवहारमा लागु नभएको भन्दै तालिम लिइसके पछि उत्पादनमा लाग्नुपर्नेमा जोडदिनु भयो । खालि बस्दै आएका र रोजगारको खोजीमा बसेका नगरका युवायुवतीहरुलाई सिपमुलक तालिमको माग गर्नका लागि दिनरात खटने होटल तथा पर्यटन व्यवसायी सघको काम प्रसंशायोग्य भएको बताउनु भयो । कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट आगामी दिनमा थप बजेट बिनियोजन गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । कार्यक्रममा सिनर्जी बहुउदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बेल्वासेले दैनिकि सग जोडिएका बिषयबस्तुलाई सिप सग नजोडे आर्थिक उपार्जन गर्न नसक्ने बताउदै तालिमलाई रोजगारमुलक बनाउने पर्नेमा जोड दिनु भयो ।यता सिप बिकास तालिम सठगनका तालिम विज्ञ अरुण अर्यालले तालिम रोजगारी उन्मुख भएकाले रोजगारीका लागि कुनै समस्या नहुने भन्दै वारिस्ताको धेरै खाचो भएको बताउनु भयो । तालिम बिज्ञ अर्यालले राम्रो कफी खानका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्दै बजारको माग अनुसारको तालिमको आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद समेत दिनुु भयोयस्तै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सिपमुलक तालिम लिइसके पछि केहि न केहि व्यवसाय गरेर आर्थिक रुपमा सक्षम हुनुपर्ने प्रष्टाउनु भयो । नगरका युवा युवतीहरुलाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिमको आयोजना गरिएको जानकारी गराउदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागिलाई अनुरोध गर्नुभयो । उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउदै सक्षम ब्यक्तीको माग बजारमा बढ्दै गएको बताउनु भयो ।२० दिन सम्म चल्ने तालिममा वाणगङ्गा नगरपालिकाको ११ वटै वडाका २५ जनाको सहभागिता रहेको छ । युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको तालिम होटल तथा पर्यटन सघ कपिलस्तको आयोजना ,वाणगङ्गा नगरपालिकाको आर्थिक सहयोग र सिनर्जी बहुउदेश्यीय सहकारी सस्था लिमिटेडको प्राविधक सहयोग रहेको थियो । उद्धघाटन कार्यक्रमको सञ्चालन रोमलाल पौडेल गर्नुभएको थियो ।
१३ फाल्गुन २०७९, शनिबार
प्रतिक्रिया