भगवती न्यौपाने
कपिलवस्तु १५ फागुन ।आफनो भेषभुषा, धर्म संस्कृति रितिरिवाज जोगाउन मगर समुदाय एक हुनुपर्ने नेपाल मगर संघ केन्द्रिय सह अध्यक्ष गंगा खासु मगरले बताउनु भएको छ । नेपाल मगर संघ बांणगा नगर स्तरीय ४१ औं राष्ट्रिय मगर एकता तथा स्थापना दिवस मगरहरुको भाषा र भेषभुसा सांस्कृतिक संरक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । आफनो परम्पार जोगाउन मगर समुदायका नयाँ पिडीहरुलाई आफनो भेषभुषा संस्कृति अनुसारको शिक्षा दिनपर्ने बताउदै परम्परा भाषाको विकासमा सबैलेजोड दिनु पर्ने बताउनु भयो ।
वाणगगां नगरपालिका मेयर चक्र पाणी अर्याल,उपमेयर रिता कुमारी थारु, प्रशासकिय अधिकृत खिमानन्द्र भुषालले बोल्दै सबै जातजाति भाषा, रितिरिवा कला संस्कृतिलाई नगरले संरक्षण र सम्मान वरावर गर्ने बताउनु भयो । वाणगंगा नगरपािलका वडा नम्बर ११का वडा अध्यक्ष नरेन्द्र चौधरी र वडा नम्बर ४का वडा अध्यक्ष छवि रेश्मी मगरले मगर अगुवा नेताहरुले युवाहरुमा रोजगारी सृजना गर्नु पर्ने तर्क गर्नु भयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष डमर शर्माले नेपाल सानो देश भए पनि कला संस्कृतिले भरिएको देश भएको बताउदै पालिका स्तरमा मात्रै होईन सिङगो प्रदेशमा फागुन १५ मा सार्वजनिक विदाको पहल गर्ने पर्ने कुरामा जोड दिनु भयो । वाणगंगा नगरपालिका वडा नं, ११ ओदारी मर्थिमा भएको कार्यक्रममा नेपाल मगर संघ प्रदेश सदस्य कुलबाहादुर सोमै,मगर अगुवा विष्णु थापाले बोल्दैे ४१ औं राष्ट्रिय मगर एकता तथा स्थापना दिवसको अवसरमा स्थानिय सरकार समक्ष सार्वजनिक विदा पनि नदिएको गुनासो गर्नुभएको छ । नगरले मगर सामुदायलाई बजेट छुटाउनु पर्ने बताउदै मगर समुदायका राम्रा मागहरु पनि सरकारले सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
मान बाहादुर आलेको अध्यक्ष यमकुमारी गाहा मगरको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन मिना रानाले गर्नु भएको थियो । उक्त कार्यक्रममा नगरका वडा अध्यक्षहरु, वडासदस्यहरु, विभिन्न पाटीका प्रतिनिधि, बुद्धिजिवी, समाज सेवी केन्द्र प्रदेश जिल्ला पालिकाका मगर समुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा मगर समुदायको बाजासहित नाचगान पनि भएको थियो । उक्त कार्यक्रम विभिन्न किसिमका कार्यक्रम पनि भएको थियो ।
१५ फाल्गुन २०७९, सोमबार








प्रतिक्रिया