कृषि

गुल्मीका किसानले उत्पादन गरे २ करोडको खुदो र गुड



गुल्मी, २४ फागुन । गुल्मीको छत्रकोट र रुरुका किशानहरुले गुड खुदो बेचेर मनग्य आम्दान गर्दै आएका छन् । छत्रकोट र रुरुका किसानलाई खुदो र गुडको बनाउन चटारो सुरु भएको छ ।

यी दुई स्थानीय तहका किसानहरुले उखुबाट बनाएका परिकारबाट करिब २ करोडको खुदो र गुड उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । यहाँका कृषकहरुले १ करोड ९० लाख मुल्यको उखु र उखुका परिकार गुड, खुदो जिल्ला बाहिर बिक्री गरेर आम्दानी गर्ने गरेको भण्डारीले बताए ।

यसवर्ष पनि अघिल्लो वर्षजस्तै उखुका परिकारका खुदो गुडको मुल्य स्थिर रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । छत्रकोट र रुरुमा १७२ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ ।

रुरु क्षेत्रका वडानम्बर ३ थापती र वडानम्बर ४ बलेटक्सार, छत्रकोट वडानम्बर ३ हर्दिनेटा, वडानम्बर ४ दिगाम, वडानम्बर ५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । यी क्षेत्रमा किशानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् ।

अहिले किसानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् । ग्रामीण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।

उखुका लागि थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।

यी क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अनेत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने गरेका छन् ।

गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय व्यावसायिक खेतीमा तल्लिन हुन् थालेका छन् । उत्पादन भएको खुदो प्रतिलिटर १ सय रुपैयाँदेखि १८० रुपैयाँ, सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ ।

रुरुका चोलानाथ ज्ञवालीले प्रबिधिको प्रयोगसँगै उत्पादनमा बजारीकरणमा सहज हुँदै आएको बताए । पहिले यसको बजार नहुँदा डोकोमा बोकेर लैजानु पर्ने अवस्था रहेको उनले सुनाए ।

गाउँमै सञ्चालन भएका केहि उद्योगले स्थानीयबासिन्दालाई समेत रोजगारी दिएका छन् । ज्ञवालीले अहिले ५० रोपनीमा उखु खेती गर्दै आएका ज्ञवालीले ८ देखि १० जनालाई रोजगारी पनि दिएको बताए ।

रुरुक्षेत्रकै पहिचानको रुपमा थोर्गेली गुड चर्चित बन्दै गएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उखुको उत्पादन बढाउन उखुको बीउ वितरण, बीउमा अनुदान दिने र प्राङग्रारीक मल वितरण गरेर अर्गानीक उत्पादन गर्न ध्यान दिने ज्ञवालीले बताए ।

यसलाई व्यावसायिक रुपमै बिक्री गर्न ठूलो अत्याधुनिक मेसिन स्थापना गरेर मिठाइ उत्पादन गर्ने सोचमा रहेको ज्ञवालीको भनाइ छ । गाउँपालिकाले गुडबाट मिठाइ उत्पादन गरेर प्याकेजिङ्ग र लेबलिङ्ग गर्ने योजना बनाएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६