अन्तर्राष्ट्रिय

एमसीसी परियोजना : ३ जिल्लामा मुआब्जा सहित जग्गा प्राप्ती प्रकृया शुरु




पाल्पा २४ फागुन । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि पाल्पा सहित धादिङ र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो ।यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६९१० अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि ऐ।दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार धादिङ, पाल्पा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको पनि जानकारी सूचनामा दिइएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६