अर्थ-वाणिज्य

कपिलवस्तु अस्पताल यसरी चम्कीयो : देश कै सर्बाेत्कृष्ट भएरै देखायो

९६ प्रतिशत नतिजा हासिल




पार्वती पाण्डे
कपिलवस्तु २६ फागुन । कुनै दिन फोहोर र गन्धले मुख छोपेर अस्पताल भित्र प्रबेश गर्नु पर्ने अवस्था ,सामान्य उपाचार समेत नहुने स्थिती ,तौलिहवा अस्पतालमा गएर पो के हुन्छ र ? भन्ने जनतामा स्थापित मान्यता यतिबेला सरलक्कै बदलिएकोछ । सफा सुन्दर र स्वच्छ वातावरण , बिशेषज्ञ सेवा सहितका प्रयाप्त चिकित्सक,सरकारले दिने निशुल्क औषधी र स्वास्थ्य विमा सहितको भरपर्दाे सेवा , ब्यवस्थित फार्मेसी र आधुनिक ल्याव ,आइसियू, सिसियू ,एनआइसियू ,भेण्टीलेटर ,अपरेशन थिएटर मात्र होइन शवलाई सुरक्षित भण्डारण गर्न सकिने शवगृहको सुविधा, आइसियू जडित एम्वुलेन्सको उपलब्धता आदी यतिबेला कपिलवस्तु अस्पतालका नयाँ पहिचान बनेका छन्।
यी सबै सूचकले यतिबेला कपिलवस्तु अस्पताल देशकै सर्बाेत्कृष्ट भएर चम्कीएकोछ भने निरन्तर प्रगतीको यात्रामा लम्कीएकोछ । यसको सफल नायक बनेका छन् मे.सु.किशोर बन्जाडे र यो प्रगतीका सहयात्री बनेका छन् यूवा जोस र चिकित्सकीय होस सहितको जिम्मेवारी बहन गर्ने अस्पतालको समग्र टीम । यो सफलताका केहि कडीहरु यस्ता छन् । सरकारका धेरै अस्पतालमा उपलब्ध भएका सेवा समेत सूचारु नभएर अलपत्र परेको समाचार एकपछि अर्काे गरी आई रहदा तौलिहवा स्थित कपिलवस्तु अस्पतालले भने दिनुपर्ने सेवा भन्दा धेरै सेवा सुविधा दिएर देशमै फरक उदाहरण पेश गरेको पाइएको छ । नेपाल सरकारले ५० बेड स्वीकृती दिएको भएपनि ८० बेड क्षमतामा संचालन गरेर नयाँ उदाहरण पेश गरेको हो । यो लक्ष्य भन्दा ६० प्रतिशत बढी सेवा प्रवाह हो ।
यतिमात्र होइन राम्रो सेवा सुविधा प्रवाहकालागि सरकारले तोकेको १०० पूर्णाङकको मापदण्डमा ९६ अंक पाएर कपिलवस्तु अस्पताल यसपाली मुलुककै उत्कृष्ट अस्पताल घोषित भएको हो। न्यूनतम सेवा प्रवाह मापदण्ड मूल्यांकन (एमएसएस) का आधारमा देशभरका अस्पताल मध्येमा कपिलवस्तु अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको स्वास्थ्य निर्देशनालयको एमएसएस स्रोतव्यक्तिको प्रतिनिधिका रूपमा खटिनु भएका गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट. डा. उत्तम पच्याले वताउनु भयो । गतवर्ष स्वास्थ्य निर्देशनालयको मुल्यांकनमा तेश्रा स्थान हासिल गरेकोमा यसपाली सवोत्कृष्ट बनेको हो । १३ सयवटा बँुदामा गरिएको मुल्यांकनमा कपिलवस्तु अस्पतालले ९६ प्रतिशत अंक ल्याएर सर्वाेत्कृष्ट वनेको मेसु बन्जाडेले स्पष्ट पार्नु भयो । गत वर्ष अस्पतालले ८६ अंक पाएको थियो।यसपाली १० अंक बढाउन सफल भएको डा. गणेश क्षेत्रीले औल्याउनु भयो ।
यता अस्पतालमा संचालनरत सेवा वारे स्पष्ट पार्दै मेडिकल सुपरिटेण्डेण्ट डा. किशोर बन्जाडेले अस्पतालमा मेजर सर्जरी सेवा, बच्चाको एनआईसियू सेवा , आइसियू तथा भेण्टीलेटर सेवा , विशेषज्ञ फार्मेसी तथा ल्याव सेवा उपलब्ध रहेको स्पष्ट पार्नु भयो ।विशेषज्ञ सेवामा रेडियोलोजी सेवा समेत संचालनमा रहेको उहाँले औल्याउनु भयो ।यसैगरी जिल्ला अस्पतालका रुपमा रहेको तौलिहवा स्थित कपिलवस्तु अस्पतालले ९८ प्रकारका औषधी निशुल्क रुपमा वितरण गर्दै आएको डा. बन्जाडेले जानकारी दिनु भयो । अस्पतालमा हड्डीको अप्रेसन हुदै आएको छ । आमा सुरक्षा सेवा अन्तर्गत सुरक्षित प्रसूती सेवा ,पित्तथैली तथा एपेण्डीसाइट्स अप्रेसन सेवा , फेमिली मेडिसिन सेवा सहजै उपलब्ध रहेको उहाँले वताउनु भयो । डा. बन्जाडेले एमडी गरेका डाक्टर समेत उपलब्ध रहेको जान कारी दिनु भयो ।
अहिले सम्मका उदाहरणीय काम औल्याउदै डा. बन्जाडेले भन्नु भयो “ल्याव नेपालकै सुविधा युक्त र विश्वासनीय रहेको प्रमाणित भएकोछ ” । एक्सरे ,आइसियू र भेण्टीलेटर सेवा निकै भरपर्दाे छ । अस्पतालको भवन निर्माण तर्फ धेरै काम भएको र केहि काम जारी रहेकोले समस्या नभएपनि जनशक्ति बृद्धि अझैपनि आवश्यक रहेको उहाँको तर्कछ । डा. बन्जाडेले अवको तत्कालालिन लक्ष्य सिटी स्क्यान सेवा, सुपर स्पेशलिटी सेवा , डायलासिस सेवालाई राखिएको वताउनु भयो ।
आर्थिक वर्ष ०७९÷८० मा देशभरका सेकेन्डरी समूह ए अन्तर्गतका अस्पतालहरूमा कपिलवस्तु अस्पतालले राम्रो सेवा दिइरहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका एमएसएस फोकल पर्सन कौशल भण्डारीले बताउनु भयो । ‘हामीले अनुगमन र निरीक्षण गर्दा कपिलवस्तु अस्ताालको अवस्था निकै राम्रो पायौं’, उहाले भन्नु भयो । कपिलवस्तु अस्पतालका मेसु डा. बन्जाडेले सबैको सामूहिक प्रयासले अस्पताल सर्वाेत्कृष्ट उत्कृष्ट बन्न सफल भएको बताउनु भयो । कपिलवस्तुका अधिकांश नागरिकले उपचार सेवा लिने कपिलवस्तु अस्पतालले पछिल्लो समयमा दिएको सेवा र भौतिक तथा प्राविधिक रूपमा गरेको स्तरोन्नतिले सेवाग्राही खुशी हुदै गएका छन् भने जिल्लाकै इज्जत र प्रतिष्ठा बढेको छ । अस्पतालमा डा. बन्जाडेको नाम लिदै सेवा लिन आउने विरामीको चाँप समेत बढ्दै गएको छ । सबैको साथ र सहयोगले अस्पताललाई स्तरिय बनाउन सफल भएको अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले बताउनु भयो ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६