अर्थ-वाणिज्य

कपिलवस्तुका १०५ इँटा उद्योग धराशायी हुने अवस्थामा




कपिलवस्तु २६ फागुन ।“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो । दुई वर्ष अगाडि कपिलवस्तुको इँटा उद्योगमा हुने कारोबार आधाभन्दा धेरै घटेको छ । व्यापार घट्दा बैङ्कलाई तिर्नुपर्ने व्याज र कच्चा पदार्थको मूल्य दुई गुना बढेको छ ।” कपिलवस्तुको बुद्धभूमि नगरपालिका –८ मा रहेको सेभेन स्टार इँटा उद्योगका सञ्चालक रुकबहादुर भुसालले बताउनुभयो ।

उत्पादन भएका इँटा बिक्री हुन छाडे पनि कपिलवस्तुका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । जिल्लामा १०५ इँटा उद्योग दर्तामा रहेका छन् । तीमध्ये कोभिडको महामारी पछि ५० को हाराहारीमा उद्योग मात्र सञ्चालनमा रहेका थिए । उत्पादन लागत बढ्दा माग न्यून हुँदै गएपछि पछिल्लो एक वर्षमा १५ उद्योग बन्द भएका कपिलवस्तु इँटा उद्योग व्यवसायी सङ्घका महासचिव नेत्र पाण्डेले बताउनुभयो ।दशैं र तिहार पर्व मनाएर पछि इँटा उत्पादनको सिजन सुरु हुनेगर्छ । वर्षायाम सुरु हुनुभन्दा अगाडि करिब ६ महिनासम्म इँटा उत्पादन हुनेगर्छ । यस वर्ष फागुन सकिँदासम्म इँटा उद्योगमा कामदारको चहल पहल न्यून रहेको छ । अधिकांश उद्योगले उत्पादन आधाभन्दा धेरै घटाएका छन् । जसका कारण उद्योगमा काम गर्ने मजदुरलाई समेत समस्या परेको छ ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६