खोज–अनुसन्धान

यी हुन एआइजीमा बढुवा हुने ५ डिआइजी




काठमाडौं २७(फागुन। गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । प्रहरीका ८ एआईजीमध्ये पाँच एआईजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छएआईजी पूजा सिंहसहित अवकाश पाउने पाँच जना एआईजीले नै ५६ वर्षे उमेर हदका कारण अवकाश पाएका थिए ।
अवकाशका कारण साउनदेखि फागुनसम्ममा ५ एआईजी रिक्त भइसकेका थिए ।बढुवा सिफारिस हुनेमा को को छन् ? २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य छन् । उनीहरू एकसाथ ८ असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।उनीहरूलाई गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा सिफारिस भएका पाँचमध्येबाटै ११ चैतपछि नेपाल प्रहरीको आईजीपी बन्नेछन् ।

प्रकाशित : २७ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६