पाल्पा २८ फागुन ।पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङधारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाइ भएको छ। मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीले मुआब्जाबापतको रकम नबुझेपछि सबस्टेसन निर्माणको काममा ढिलाइ भएको हो।पाल्पासहितका जिल्लाको विद्युत् अवरोध हटाउन चिर्तुङधारामा सबस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ।
त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ। यद्यपि एक वर्षको अवधिमा पनि जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिएको छैन।स्थानीय जग्गाधनीले बजार मूल्यअनुसार जग्गाको क्षतिपूर्ति रकम नपाएको भन्दै मुआब्जा बुझ्न मानेका छैनन्। सबस्टेसन बनाउन भनिएको स्थानका ५३ जग्गाधनीमध्ये अधिकांशले मुआब्जा लिन मानेका छैनन्। उनीहरूले जग्गाको पुनः मूल्याङ्कन हुनुपर्ने भन्दै जिल्लाका राजनीतिक दल, प्रशासन, आयोजना कार्यालय तथा सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरेका छन्।
प्रतिक्रिया