प्रदेश

कपिलवस्तुको जनसंख्या बृद्धिदर धनात्मक, दशबर्षमा लाखबढि बढे

कपिलवस्तुको साक्षरता दर ७२ प्रतिशत



भुपाल थापा,
कपिलबस्तु, ११ चैत्र ।

कपिलबस्तुमा जनसंख्या बृद्धिदर मुलुककै टपटेनको सूचिमा रहँदै धनात्मक देखिएको छ । धनात्मक हुने प्रमुख १० जिल्लाहरुमा कपिलबस्तु दशौं स्थानमा रहदै टपटेनको सूचिमा परेको हो । मूलुकका ७७ जिल्लाहरु मध्ये ४३ जिल्ला धनात्मक जनसंख्या बृद्धिदर हुने जिल्लाहरु अन्र्तगत छन् ।

काठमाडौंमा आयोजित ’राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजामा कपिलबस्तुको बार्षिक जनसंख्या बृद्धिदर १ दशमलव ७ प्रतिशत रहेको छ ।

२०७८ को जनगणनाअनुसार कपिलबस्तुको कुल जनसंख्या ६ लाख ८२ हजार ९६१ रहेको छ । जस्मा महिला ३ लाख ४८ हजार २७४ र पुरुष ३ लाख ३४ हजार ६८७ जना रहेका छन् । कपिलबस्तुमा पुरुषको तुलनामा महिलाको संख्या बढि छ । पुरुष भन्दा महिला १३ हजार ५८७ बढि रहेको तथ्यांकमा उल्लेख छ ।

बिगतको जनसंख्या भन्दा जिल्लाको अहिलेको जनसंख्या १ लाख ११ हजार २५ ले बढेको छ । २०६८ मा कपिलबस्तुको जनसंख्या ५ लाख ७१ हजार ९३६ रहेको थियो । धनात्मक जनसंख्या बृद्धिदर हुनेमा कपिलबस्तु सहित भक्तपुर, रुपन्देही, चितवन, बाँके, झापा, दाङ, कास्की, सुनसरी, नवलपरासी पूर्व जिल्लाहरु रहेका केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

यसैगरि कपिलबस्तुको जनघनत्व ३९३ छ । जिल्लामा परिवार संख्या एकलाख २१ हजार ९४६ छ । औषत परिवारको आकार ५ दशमलव ६ रहेको छ । लैंगिक अनुपात जिल्लाको ९६ दशमलव १० छ । यस्तै उमेरका आधारमा समेत जिल्लाको जनसंख्या निर्धारित गरिएको छ ।

जन्मेदेखि ४ बर्षसम्मका उमेर समुहका ६८ हजार ६२७ जना, ५ बर्षदेखि ९ बर्ष उमेरसमुहका ७६ हजार ५६ जना, १० देखि १४ बर्ष उमेरसमुहका ७७ हजार ८९५ जना, १५ देखि १९ बर्ष उमेर समुहका ७५ हजार ८८० जना, २० देखि २४ बर्ष उमेर समुहका ६३ हजार ९९५ जना, २५ देखि २९ बर्ष उमेर समुहका ५५ हजार ७०३ जना, ३० देखि ३४ बर्ष उमेर समुहका ४७ हजार १३६ जना, ३५ देखि ३९ बर्ष उमेर समुहका ४५ हजार ३५ जना जनसंख्या रहेका छन् ।

यसैगरि, ४० देखि ४४ बर्ष उमेरसमुहका ३६ हजार ४५३ जना, ४५ देखि ४९ बर्ष उमेरसमुहका २८ हजार १३८ जना, ५० देखि ५४ बर्षका २६ हजार ५५१ जना, ५५ देखि ५९ बर्षका २१ हजार ३७ जना, ६० देखि ६४ बर्षका १८ हजार १०९ जना, ६५ देखि ६९ बर्षका १७ हजार १३५ जना, ७० देखि ७४ बर्षका १३ हजार ७७२ जना, ७५ देखि ७९ बर्षका ६ हजार ७१२ जना, ८० देखि ८४ बर्षका २ हजार ६८९ जना, ८५ देखि ८९ बर्षका ११ सय ४२ जना, ९० देखि ९४ बर्षका ४८७ जना र ९५ बर्ष वा सो भन्दा माथि उमेरका ४०९ जना रहेका छन् ।

महिलाको स्वामित्व बढ्यो ।

कपिलबस्तुमा महिलाको नाममा स्वामित्व बढेको छ । महिलाको स्वामित्वमा रहेका घरमात्र भएका ४ हजार १३ जना, जग्गा मात्र भएका १२ हजार ९६१ जना, घरजग्गा दुबै भएका १३ हजार १७४ जना रहेका छन् । यस्तै घरजग्गा दुबै नभएका ८९ हजार ३१९ जना र उल्लेख नभएका २ हजार ३९४ जना रहेका छन् । घरको स्वामित्व भएका अन्र्तगत आफ्नै १ लाख १६ हजार २८ जना, भाडामा ४ हजार ९०५ जना, संस्थागत ३६४ जना, अन्य ५६४ जना रहेका छन् ।

खाना पकाउन दाउराकै प्रयोग

अक्सर (मुख्य रुपमा) खाना पकाउन प्रयोग गरिने इन्धनको रुपमा कपिलबस्तुमा काठ÷दाउराको प्रयोगको दर धेरै छ । यहाँ दाउरालाई इन्धनको रुपमा प्रयोग गर्ने जनसंख्या ६२ हजार ५५६ जना छन् । एल.पी.ग्याँसको प्रयोग गर्ने संख्या ४६ हजार १२२ जना छन् । बिजुली ८६५ जना, गुइठा÷गोरहा १० हजार ६२ जना, बायोग्याँस २ हजार ३४ जना, मट्टितेल ३० जना र अन्य १९२ जनाले खाना पकाउन इन्धनको रुपमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा अक्सर बिजुलीको प्रयोग गर्ने जनसंख्या १ लाख १५ हजार ७४३ रहेका छन् ।

करिब ७२ प्रतिशत साक्षरता दर

कपिलबस्तुको साक्षरता दर करिब ७२ प्रतिशत रहेको छ । जनगणना २०७८ अनुसार ७१ दशमलव ८२ प्रतिशत रहेको छ । जस्मा पुरुष साक्षरता दर ७९ दशमलव ६३ प्रतिशत र महिलाको साक्षरता दर ६४ दशमलव ३७ प्रतिशत रहेको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये बाणगंगा नगरपालिकाको साक्षरता दर धेरै छ । जहाँ ८१ दशमलव ४४ प्रतिशत साक्षरतादर रहँदा सबैभन्दा कम बिजयनगर गाँउपालिकाको ६४ दशमलव २५ प्रतिशत छ । बुद्धभूमि नगरपालिकाको ७१.४८ प्रतिशत, कपिलबस्तु नगरपालिकाको ७३.०७ प्रतिशत, कृष्णनगर नगरपालिकाको ६७.०१ प्रतिशत, महाराजगञ्ज नगरपालिकाको ६७.६६ प्रतिशत साक्षरता दर रहेको छ ।

यसैगरि, मायादेवी गाउँपालिकाको ७२.५५ प्रतिशत, शिवराज नगरपालिकाको ७२.६६ प्रतिशत, शुद्धोधन गाउँपालिकाको ६७.२६ प्रतिशत र यसोधरा गाउँपालिकाको ६९.३६ प्रतिशत साक्षरतादर रहेको छ ।

कृष्णनगरमा जनघनत्व धेरै

जिल्लाको समग्र जनघनत्व ३९३ रहेको छ । १० पालिका मध्ये कृष्णनगरमा जनघनत्व सबैभन्दा बढि रहेको छ । कृष्णनगरको जनघनत्व ७२५ जना रहेको छ । यस्तै बाणगंगाको ४१४, बिजयनगरको २५०, बुद्धभूमिको २०९, कपिलबस्तुको ६४९, महाराजगञ्जको ५७६ जना जनघनत्व रहेको छ । यस्तै, मायादेवी गाउँपालिकाको ६३२, शिवराज नगरपालिकाको २९९, शुद्धोधन गाउँपालिकाको ५७७ र यसोधरा गाउँपालिकाको ६६५ जनघनत्व रहेको छ ।

जनसंख्या बृद्धिदर बाणगंगाकै उच्च

जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर १.७० प्रतिशत रहेको छ । स्थानीय तहको बार्षिक जनसंख्या बृद्धिदर अन्र्तगत बाणगंगाकै उच्च रहेको छ । बाणगंगाको २.४१ प्रतिशत जनसंख्या बृद्धिदर रहेको छ । यस्तै शिवराज नगरपालिकाको पनि उच्च देखिन्छ, शिवराजको जनसंख्या बृद्धिदर २.२९ प्रतिशत रहेको छ । विजयनगरको १.५२ प्रतिशत, बुद्धभूमिको १.५७ प्रतिशत, कपिलबस्तु नगरपालिकाको १.४५ प्रतिशत, कृष्णनगरको १.१२ प्रतिशत, महाराजगञ्जको १.५९ प्रतिशत, मायादेवीको १.४३ प्रतिशत, शुद्धोधनको १.५० प्रतिशत र यसोधराको १.३६ प्रतिशत जनसंख्या बृद्धिदर रहेको छ ।

घरधुरी सर्वेक्षण र जनगणना तथ्यांक फरक

जिल्लाको सवैभन्दा बढि जनसंख्या रहेको बाणगंगा नगरपालिकाको जनगणना २०७८ को अन्तिम नतिजानुसार ९६ हजार ७१४ जना छ । जस्मा पुरुष ४५ हजार ४०७ जना र महिला ५१ हजार ३०७ जना रहेको छ । यसैबीच, बाणगंगा नगरपालिकाको घरधुरी सर्वेक्षण २०७७ अनुसार नगरको कुल जनसंख्या एकलाख ९२५ जना रहेको देखाइएको छ । तर जनगणनामा ४ हजार २११ जना घटेर आएको देखिन्छ । जिल्लाका बाणगंगा लगायतका सबै पालिकामा घरधुरी सर्वेक्षण र जनगणना तथ्यांकबीच बेमेल देखिएको छ ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६