ब्रेकिंग न्युज

मन्त्री बनेपछि सोह्र श्राद्धको बाहुनजस्तो भएँः मन्त्री किराती



काठमाण्डौ, १३ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुनजस्तो भएको टिप्पणी गर्नुभएको छ ।

आइतवार काठमाण्डौमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद हुँदा मन्त्री बनेपछि ठूल्ठूला काममात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताउनुभयो । उहाँले मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोह श्राद्धको बाहुनजस्तो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । सांसद हुँदाखेरि म धेरै सानो–सानो काममा हिँड्थेँ । मान्छेहरूले बसको टिकट नभएको समस्यामा समेत पुग्थेँ । मलाई लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ, ठूलो काम थोरै हुन्छ जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्र श्राद्धको बाहुनजस्तो भएँ । हतार–हतार सिधा उठाएर हिँडिहाल्नुपर्ने ।’

मन्त्री किरातीले राजनीतिज्ञ र क्रान्तिकारीहरू अरूको तुलनामा झनै बढी प्रेमिल हुने बताउनुभयो । उहाँले प्रेम गर्न नजान्नेले देश चलाउन पनि नजान्ने बताउनुभयो ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६