खोज–अनुसन्धान

पशुपतिथारूलाई उद्धारकालागि वाणगंगाले वुटवल पठायो

आफ्नै सन्तानपनि पराई भए



पार्वती पाण्डे
मजदुर गरि जिवन निर्वाह गर्दै आएकी पशुपति थारु काम गर्न नसक्ने भए पछि विचल्लीमा परिन । आफैले जन्माएकी छोरीले पनि हेरचाह नगरेपछि वाणगंगा नगरले उद्धार गरि मानव सेवा आश्रम वुटवलमा पठाएको हो ।

कपिलवस्तु १४ चैत्र।वाणगंगा ४ ठाकुरापुर निवासी अन्दाजी ६० वर्षिय बिचल्ली परेकी पशुपति थारुलाई उद्धारका लागि मक्ष्यधाम मणिग्राम रुपन्देही पठाइएको छ । वाणगंगा नगरपालिका वडा नं ४ को सहयोग र नगरको सिफारिसमा निज महिलालाई मक्ष्यधाम मणिग्राममा पठाइएको हो । उनलाई स्थानीयले आर्थिक सहयोग उठाई वडाका अध्यक्ष छबीरेश्मी मगरले गाडिको व्यवस्था गरि कपिलवस्तुकै युवा मधुसुदन भुषाल र असिम भट्राईको साथ लगाएर वुटवल पठाइएको हो । हात खुट्टा चल्न नसक्ने राम्रो सँग बोल्न नसक्ने थारु महिलालाई हेर विचार गर्ने कोहि पनि नहुदा उनको विचल्ली भएको थियो । सकुन्जेल काम गरेरै जिवन निर्वाह गर्दै आएकी थारु अहिले काम गर्न नसक्ने भए पछि समस्यामा पर्ने गरेकी हुन । उनको एक हर राम्रो सँग चल्दैन । कोहि मान्छेको सहारामा मात्र उनीलाई डोर्याउन सकिन्छ । आफुले चिनेको मान्छे देख्दा धुरु धुरु रुने ति महिला जो कोहिलाई पनि भावुक बनाउथिन ।
उनी २ ÷३ महिना देखि झनै समस्यामा परेकी थिइनन । शरीर चल्न नसक्ने भए पछि उनलाई निकै गाह्रो भएको छिमेकी बताउछन । उनलाई खाना खुवाउने हेरविचार गर्ने कोहि पनि छैन , जसका कारण उनी ठुलो समस्यामा पर्ने गरेकी छन , छिमेकी समाजसेवी एकल महिला रुपा राईले बताइन ।वरपरछरछिमेकीले पालै पालो हेर्ने गरेका छौ , ति महिलाले निकै दुःख पाएकी छन , राईले भनिन। निजलाई हेर्ने कोहि नहुदा निज थारु महिलाको कष्टकर जीवन बितेको छ , छिमेकी राईको भनाई थियो । उनको अवस्था हेर्दा जो कोहिलाई पनि पिडा बोध हुन्छ , उनले प्रेसपाटीलाई भनीन ।

वाणगंगा बेबारिसे मानिस मुक्त क्षेत्र बनाउने अभियान अन्तरगत यि पिडित महिलालाई मानवसेवा आश्रम वुटवलमा लगिएको वाणगंगाका युवा मधुसुदनले बताए । अहिले सम्म उनी सहित ३ जनालाई उक्त आश्रममा लगेर उद्धार गरेका छौ प्रेसपाटीलाई भुषालले भने । पशुपति थारुको बस्ने बास बाहेक केहि छैन । आफैले जन्माएकी छोरीले समेत उनलाई हेरिनन् भने उनको एक छोरा पनि मानसिक रुपमा कमजोर भएका कारण आमालाई हेर्न नसकेको छिमेकी बताउछन । पिडित महिलाको बस्ने घर पनि केहि समय अगाडि तरुणदले बनाइदिएको थियो ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६