अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा चहलपहल संगै फस्टाउदै होटल व्यवसाय




देउखुरी, १५ चैत्र ।लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी दाङको देउखुरीमा संचालन भए लगतै देउखुरीमा चहल पहल बढेको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट दाङको राप्ती गाँउपालिका–३ मौरिघाटमा आएलगतै प्रदेश राजधानी माताहतका सबै मन्त्रालय, कार्यालय संचालनमा आएका छन । सबै कार्यालय संचालन आएलगतै सेवाग्राहीको आगमनले भिडभाड बढाएको हो । राजधानी अन्र्तगत १२ वटा जिल्लाका बासिन्दाहरु प्रदेशबाट प्राप्तगर्ने सेवा सुविधा लिन प्रदेश राजधानी देउखुरीमा आउनथालेका छन । सेवाग्राही बढेपछि उनिहरुसंगै गाडीहरुको समेत भिडभाड लाग्ने गरेको छ । राजधानीमा भएको चहलपहलसंगै यहाँका होटल व्यवसाय फस्टाउन थालेका छन ।
सबै मन्त्रालय र कार्यालयहरुमा भिडभाड लाग्ने गरेको देखिन्छ । राजधानी स्थानान्तरणसँगै सबै जसो सञ्चारआवद्ध मिडिया हाउस र प्रदेश स्तरीय संघ–संस्थाहरुले आफना सम्पर्क कार्यालय राजधानी आसपासमा संचालनमा ल्याएका छन । जसका कारणझनै भिडभाड देखिन थालेको हो । राजधानीमा चहल पहल आए लगतै यहाँका होटल ,व्यापार व्यवसायिहरु समेत उत्साहित बनेका छन । जता ततै आर्थिक मन्दीखेपीरहेका बेला देउखुरीका होटल व्यवसायीहरुमा भने राहतको अनुभुतिगर्दै थप आशा पलाएको बताउँछन । भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश वेल्वासे राजधानी स्थान्त्रणले होटल व्यवसायीहरुमा आशा जगाएको बताउँछन । राजधानी संचालनले लमहीका होटल व्यवसायिहरु समेत उत्साहित बनेका छन । लमही स्थित सिद्धार्थ प्रालिका संचालक समितका सदस्य रवि आचार्यले आफूहरुमा राजधानीले नयाँ उत्साह जगाएको बताए ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६