खोज–अनुसन्धान

कपिलवस्तु नगरमा आपतकालिन केन्द्र स्थापना हुनु सह्रानिय : प्रजिअ आचार्य




कपिलवस्तु १८ चैत्र । जिल्ला र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रलाई चलायमान बनाउन विभिन्न विषयमा छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा कपिलबस्तु नगरपालिकामा बैठक बसि विभिन्न छलफल तथा निर्णयहरु गरिएको हो । कपिलबस्तु नगरपालिकाले सञ्चालनमा ल्याउन खोजेको आपतकालिन कार्य सञ्चालन केन्द्र र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र विच सिधा सञ्चार सम्पर्क स्थापित गर्ने र विपतको घटना हुन साथ स्थानियले जिल्लालाई जानकारी गराउने निर्णय भएको प्रजिअ आचार्यले बताउनुभयो । नगरले गर्न लागको यो काम सह्रानिय छ प्रजिअ आचार्यले भन्नु भयो ।
विपद पश्चात संकलन भएको क्षतिको विवरण स्थानिय विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने, विपद्को घटना घट्नसक्ने सम्भावना देखिएमा स्थानिय सुरक्षा निकायलाई खबर गरी खोज तथा उद्धारमा सहजीकरण गर्न पालिकाले सञ्चालनमा ल्याउन लागेको केन्द्रले भुमिका निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्रले खोज, उद्धार, राहतका साथसाथै विपद् जोखिम न्यूनिकरणका लागि जानचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानिय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिका विचमा स्थानिय आपतकालिन केन्द्रले सम्पर्क विन्दुको रुपमा कार्य गर्ने लगायतको विषयमा छलफल तथा निर्णयहरु गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, सहायक प्रजिअ अनिल पौडेल, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, नगरपालिकाका विपद् फोकल पर्सन पदमराज श्रेष्ठ, लेखा अधिकृत बलराम न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहिद खाँ, वडा नं. २ का वडाध्यक्ष अशोक कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १८ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६