कपिलवस्तु, २१ चैत्र ।
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बटुकहरुलाई आवश्यक खाद्य सामग्री प्रदान गर्नुका साथै शुभकामना आदान प्रदान गरेको छ । सहरकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र रहेका मनकामना गुरूकुल सस्कृत बिद्यालय नन्दनगर र कपिलधाम गुरूकुल संस्कृत बिद्यालय चौवाका बटुकहरुलाई आवश्यक खाद्य सामग्री प्रदान गर्नुका साथै शुभकामना आदानप्रदान गरेको सहरकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले बताउनुभएको छ ।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक क्रियाकलाप मात्र नभई सहकारी दिवसको अवसरमा विभिन्न सामाजीक तथा मानवीय कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष बेल्बासेले बताउनुभयो ।
सहकारीको दिगोपना स्वनियमन र सुशासनको नारा सहित ६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा संस्थाले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा गुरुकुलको अवलोकन, त्यहाको अबस्थाबारे जानकारी लिने साथै शुभकामना आदानप्रदान सहित आबश्यक खाध्य सामाग्री बितरण गरीएको भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्वासेले खाध्य सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव कृष्णप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति र कर्मचारीहरु सहितको उपस्थिती रहेको थियो । त्यस्तै यो उदाहरणीय कार्यको बटुकहरुले पनि स्वागत गरेका छन् ।
प्रतिक्रिया