कपिलवस्तु २४ चैत । एकल कृषक महिलालाई ३ दिने बेमौसमी तालिम शुरु भएको छ । मानवअधिकारका लागि एकल महिला समुह कपिवस्तुको आयोजना र वाणगंगा नगरपालिकाको सहयोगमा तालिम शुक्रवारदेखि शुरु भएको हो । तालिमको शुभारम्भ गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहिले कृषक एकल महिलाहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि बढ्नु पर्ने बताउनु भयो ।
समुहका अध्यक्ष रुपा राईको अध्यक्षता , टिका कुमारी अधिकारीको स्वागत , सचिव शोभा आचार्यको सञ्चालनमा भएको तालिम उद्घाटन समारोहमा प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज पार्वती पाण्डे लगायतले तालिम सफलताको शुभकामना दिनु भएको थियो । नगरका ११ वटै वडाका ४० जना एकल किसान महिलालाई वाणगंगा कृषि शाखाका प्रमुख लेस वहादुर केशीले सहजिकरण गर्नु भएको छ ।
प्रतिक्रिया