कपिलवस्तु २५ चैत ।नेकपा एमाले कपिलवस्तुद्धारा जारी मिसन ग्रासरुटको तेश्रो चरण अन्तर्गत आज यशोधरा गाउपालिकाको २ वटा वडामा वडा भेला भएकोछ। जसवाट नेकपा एमाले वडा पार्टी सकृयदल पुनरगठन भएको छ । जस अनुसार यशोधरा ५ मा .सुखदेव कुर्मीको अध्यक्षतामा १५ सदस्यीय कमिटी बनेको छ । कमिटीको उपाध्यक्षमा गणेश कुमार कर्मी सचिवमा सिताराम यादव र उपसचिवमा इनारमति पासी जोखन यादव सर्ब सहमत निर्वाचित भएका छन् ।
यसैगरी वडा नं ७ मा राम किशोर वरईको अध्यक्षतामा २१ सदस्यीय कमिटी बनेकोछ । कमिटीको उपाध्यक्षमा राम करण चमार सचिवमा रामु यादव र उपसचिवमा अनरामति चमार सुख सागर पाठक सर्ब सहमत निर्वाचित भएका छन। ती दुवै भेलाई संबोधन गर्दै एमालेका प्रदेश कमिटी सदस्य राधेश्याम पाठकले एमाले यशोधरामा अव कमजोर नरहेको वताउनु भयो । एमालेका जिल्ला सचिवालय सदस्य एवम अभियानका जिल्ला संयोजन कर्ता भेषराज पाण्डेले वोल्दै जुनसुकै वेला पनि मध्यावधी चुनावमा देश जान सकने भएकाले एमाले जनताका बीचमा मिसन ग्रासरुट मार्फत आएको वताउनु भयो ।
भेलामा जिल्ला कमिटी सदस्य उमानाथ पौडेलले बोल्दै एमालेले पार्टी कमिटीसंगै जनसंठगठन निर्माण समेत एकसाथ गरेर यशोधरालाई एमालेको लालकिल्ला वनाउन खोजेको प्रष्टाउनु भयो । भेलामा एमाले जिल्ला कमिटी सदस्य केशरा गुरुङ एमाले यशोधरा गाउकमिटी अध्यक्ष हरम सरिफ मुसालमान एमालेका निर्वाचित वडा सकृयदलका अध्यक्ष ले मन्तब्य राख्नु भएको थियो ।
२५ चैत्र २०७९, शनिबार








प्रतिक्रिया