कपिलवस्तु २९ चैत । अटो क्षेत्र चलायमान नहुँदा हायर पर्चेज कर्जा ह्वात्तै घटेको छ। राष्ट्र बैंकले अटो क्षेत्रको जोखिम भार बढाएसँगै कर्जा प्रवाह घटेको हो।गत आर्थिक वर्षको ८ महिनामा ५ प्रतिशतले बढेको हायर पर्चेज कर्जा अहिले ११।२ प्रतिशतले घटेर १ खर्ब ३९ अर्बमा सीमित भएको छ। गत वर्षको फागुनसम्म १ खर्ब ६८ अर्ब प्रवाह भएको थियो। २०७८ फागुनको तुलनामा अहिले २९ अर्ब रुपैयाँले हायर पर्चेज लोन घटेको हो। त्यस्तै, गत वर्ष असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब ६० अर्ब प्रवाह भएको थियो। सोही वर्ष ८ महिनाको अवधिमा ८ अर्बले हायर पर्चेज कर्जा बढेको थियो। गत वर्ष फागुन महिनासम्म गाडी आयात र बिक्री सहज हुँदा कर्जा प्रवाह बढ्दो क्रममा थियो। २०७८ पुसमा मार्जिन एलसी लोनमा कडाइ गरेसँगै २०७९ साउनमा पुग्दा लोन प्रवाह घटिसकेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
गत वर्ष फागुनदेखि यो वर्ष असारसम्म १ खर्ब ६८ अर्बबाट घटेर १ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको थियो। चालू आर्थिक वर्षको ८ महिना ९साउनदेखि फागुनसम्म०मा मात्रै १७ अर्ब ६५ करोड रुपैयाँले हायर पर्चेज कर्जा घट्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। सरकारले वैशाखदेखि निजी प्रयोजनका चारपांग्रे गाडी आयातमा पूर्णतया प्रतिबन्ध लगाएसँगै कर्जा प्रवाह ह्वात्तै घटेको देखिन्छ। त्यस्तै १५० सीसीमाथिका दुईपांग्रे सवारीसाधनमा पनि गत मंसिरसम्म प्रतिबन्ध लगाइएको थियो। केन्द्रीय बैंकको तथ्यांकअनुसार व्यावसायिक प्रयोजनका गाडी बस, ट्रकलगायतको तुलनामा निजी सवारी साधन कार, जिप भ्यानमा लोन प्रवाह घटेको छ।
अघिल्लो वर्षको ८ महिनामा व्यावसायिक प्रयोजनका सवारीसाधनमा ७।३ प्रतिशतले बढ्दा निजी सवारीसाधनको ऋण प्रवाह ०।४ प्रतिशतले बढेको थियो।तर चालू आर्थिक वर्षको ८ महिनामा व्यावसायिक प्रयोजनको ऋण प्रवाह ७।९ प्रतिशतले घटेको छ भने निजी लोन १८।८ प्रतिशतले घटेको छ।अघिल्लो वर्षको फागुनसँग तुलना गर्दा व्यावसायिक हायर पर्चेज कर्जा १६ अर्बले घटेको छ भने निजी प्रयोजनको हायर पर्चेज कर्जा १४ अर्बले घटेको छ।सरकारले व्यावसायिक प्रयोजनका गाडी आयातमा प्रतिबन्ध नलगाए पनि व्यापार नभएको कर्जा प्रवाहको अवस्थाले देखाउँछ। व्यवसायीले गाडी भारत तथा तेस्रो मुलुकबाट आयात गरे पनि भन्सारमा राखेका छन्। नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार नेपालमा गाडी बिक्री नहुँदा ३ हजार बढी सवारीसाधन भन्सार पास भएका छैनन्। जसमा अधिकांश कमर्सियल गाडी रहेका छन्।
२९ चैत्र २०७९, बुधबार
प्रतिक्रिया