भगवती न्यौपाने
कपिलवस्तु १९ बैशाख ।विद्यालय सञ्चालन गर्नको लागि सरकारका नियमहरुलाई ध्यन दिनुपर्ने प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरमा रहेको मदरसा बरकतिया आधारभूत विद्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानियहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले सहयोग गर्न खोजेपनि विभिन्न क्षेत्रमा राज्यका नियम र कानुन बाधक बनिरहेको उहाँले तर्क गर्नु भयो । । विद्यार्थीहरुको सङ्ख्या कमि भएका विद्यालयहरुलाई मर्ज गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन आवश्यक रहेको औँलयाउनु भयो । .
त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडामा रहेको धार्मिक विद्यालयलाई कुशलताको साथ अगाडि बढाउन जिम्मेवारी बाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा उहाँले यस समुदायमा वर्सौ देखि बसिरहेका कयौं स्थानियले अहिले सम्म पनि जग्गाको लालपुर्जा नपाएको भन्दै त्यसको लागि आफुले तिब्र गतिमा काम गरिरहेको स्पष्ट पार्नु भयो । साथै त्यस बस्तीमा पानीको समस्या रहेको बताउदै उहाँले १ वर्ष भित्रमा पानीको समस्या समाधान गर्ने बताउनु भयो ।
बाणगङ्गा नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसिले नगरमा रहेका ५ ओटा धार्मिक विद्यालयहरुलाई विशेष महत्त्वका साथ संचालनमा सहयोग गरिरहेक बताउनु भएको छ । संविधान बमोजिम हरेका बालबालिकालाई आफ्नै मातृभाषामा आधारभूत तहसम्म पठन पाठन गराउने व्यवस्थालाइ नगरले सक्रिय रुपमा लागु गरिरहेको बताउनु भएको छ । नगरले गरेको सहयोग बाट निर्माण भएको विद्यालयलाई अब प्रभावकारी ढगंबाट सञ्चालन गर्ने जिम्मा स्थानीयवासीको काधमा आएकोले त्यो जिम्मेवारी बाट पछि हट्न नहुनेमा उहाँलको जोड रहेको थियो ।
कार्यक्रममा समाजसेवी दिन सुवेदी,राज केसी, पुर्व प्रध्यानध्यापक दुर्गाराज कडेल, विद्यालय अभिभावक संघका पुर्व अध्यक्ष सम्जिरन मिया, लगायतले बोल्दै कुनैपनि सम्पदाको संरक्षण गर्ने दायित्व स्थानियवासीहरुको हुने बताउनु भएको छ ।यता समाजसेवी करिम वक्स मियाले विद्यालयमा विद्यार्थीको सङ्ख्या निक्कै कम रहेकोले विद्यार्थीको सङ्ख्या बढाउनको लागि विद्यालयलाइ कक्षा ५ सम्म बिस्तार गर्ने, छात्रा वासको व्यवस्थापन गरिदिन आग्रह गर्नु भयो । उहाँले विद्यालय सम्म आउने बाटोको अवस्था दयानिय रहेकोले बाटोलाइ सुधार गरिदिन सांसद अधिकारी सङ्ग आग्रह गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सौकद अलिको अध्यक्षता,शिक्षिका पार्वता गैरेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रीता भट्राईले गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयको स्थापना कालदेखि विभिन्न क्षेत्रमा सहयोग पुर्याउने सहयोगीहरुलाई सम्मान गरिएको थियो । २०६५ सालमा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्म पढाई हुदै आएको छ ।
१९ बैशाख २०८०, मंगलबार
प्रतिक्रिया