अर्थ-वाणिज्य

बुद्ध जयन्तीको भब्य तयारी : प्रधानमन्त्रीले समुद्घाटन गर्ने




कपिलवस्तु २१ बैशाख । २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।कार्यक्रमबारे लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ ।यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहसाथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यवस्थापन समिति र विभिन्न उप–समितिहरू गठन गरी तयारी गरिएको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

कार्यक्रमका लागि एक करोड रुपियाँ छुट्टयाइएको उहाँको भनाइ छ ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईका अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्त र तीन बौद्ध नारी विभूति परिचर्चा प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ ।त्यस्तै, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्त्व सिद्धार्थको शोभायात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताउनुभयो । बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमानजस्तै गरी महत्त्वपूर्ण उत्सवका रूपमा मनाउने कोषको भनाइ छ ।बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा हर्न निषेधित क्षेत्र बनाउने तयारी गरिएको छ । बुद्ध पुर्णिमाको दिनदेखि हर्न निषेधित क्षेत्र बनाउने तयारी लुम्बिनी विकाष कोषले गरेको हो ।
यसै बुद्ध पुर्णमाको अवसरमा अबदेखि लुम्बिनी परिसरभित्र चल्ने गाडी, बाइक, रिक्सा, ट्याक्सीलगायत कुनै पनि सवारी साधनले हर्न बजाउन नपाउने नियम बसालेको बताउनु भयो यसबाट लुम्बिनीको वातावरण शान्तिपूर्ण कायम गराउन ठूलो मद्धत मिल्ने उनले बताए । उनका अनुसार, १ हजार १ सय ५५ बिघा क्षेत्रफलमा रहेको लुम्बिनी विकास कोष क्षेत्र बाहिरको बफरजोन क्षेत्रमा समेत लागू गर्ने गरी हर्न निषेधित क्षेत्र कायम गर्ने प्रस्ताव कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकासमक्ष पेस गरेको हो । लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६