खोज–अनुसन्धान

लुम्विनीका मुख्यमन्त्री चौधरी मन्त्रीमण्डलमा भागबण्डा मिलाउन काठमाडौ पुगे




कपिलवस्तु २१ बैशाख। विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् । त्यहाँ उनले सरकारमा सहभागी सबै दलका शीर्ष नेतालाई भेट्ने मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।
८७ सदस्यीय प्रदेशसभामा उनले मंगलबार ५३ सदस्यबाट विश्वासको मत पाएका थिए । कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३÷३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १÷१ जनाले उनलाई मत दिएका छन् । विपक्षमा एमालेका २९ जना रहे भने ४ प्रदेशसभा सदस्य रहेको राप्रपा तटस्थ बस्यो ।लुम्बिनी प्रदेशका १० दलमध्ये ८ दल र स्वतन्त्रसमेतको मत पाएका चौधरी त्यही विश्वास टिकाइरहने चुनौतीमा छन् । कांग्रेस र माओवादीबाहेक साना ६ दलको पनि उनलाई समर्थन छ । जनमोर्चाबाहेक ५ दलले मन्त्री पदको बार्गेनिङसहित मत दिएका हुन् । विश्वासको मत लिनुअघि नै ४ सदस्य रहेको नागरिक उन्मुक्ति र ३ सदस्य रहेको लोसपा सरकारमा बिनाविभागीय मन्त्री लिएर सहभागी भएका छन् । सामाजिक विकास मन्त्रालय पाएको जनमतले अहिले पनि त्यही मन्त्रालयमा निरन्तरता खोजिरहेको छ । त्यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लिएको जसपा पनि पुरानो मन्त्रालय नछाड्ने अडानमा छ । ठूला दल कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति गरिसकेका छन् ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६