अर्थ-वाणिज्य

सीमा र राजमार्गमा सशस्त्र प्रहरीका १९ नयाँ पोष्ट : कहाँ कहाँ थपिए ?




बर्दिया २२ बैशाख । बर्दियासँग जोडिएको नेपाल भारत सिमानामा सशस्त्र प्रहरी बलको थप ५ सहित १९ वटा सुरक्षा पोष्ट निर्माण भएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण गुलरिया अन्तर्गत पछिल्लो पटक मानपुरटपरा, धनौरा, टेपरी, सानो डाँफे र शंकरपुरमा बोर्डर अब्जरभेसन पोस्ट (बिओपी) स्थापना भई सुरक्षा बल खटिइसकेका छन् ।जिल्लाको राजापुर र कण्ठपुरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा २ वटा गुल्ममा सुरक्षा बल तैनाथ छन् । गुलरियामा सशस्त्रको गण अन्तर्गत १३ वटा बिओपी, एउटा एफओपी, तत्काल प्रतिकार्य गर्ने पोष्ट १ र सुरक्षा बेस क्याम्प एउटा तयार भइ सुरक्षा बल परिचालित छन् ।हरेक पोष्टमा २० देखि २५ जना सशस्त्र प्रहरी बल तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

भगतपुर, कर्मोना, सलारपुर र पकडियामा प्रस्तावित पोष्ट आवश्यकता नभएकोले खारेज गरिएको उनले जनाए ।बर्दियासँग भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्ला ८३ किलोमिटर जोडिएको छ । भारतीय सीमा ८० प्रतिशत घना जंगल छ । बर्दियासँग जोडिएको भारतीय सीमामा एसएसबीको २६ वटा युनिट तैनाथ छ ।सीमामा सबै बिओपी निर्माण भएपछि सीमा सुरक्षा, आपराधिक गतिविधि, तस्करी, लागू औषध, अवैध हातहतियार ओसारपसारलगायत अपराध पूर्ण रुपमा रोकिने सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाहीले बताए । निर्माण भएका अधिकांश भौतिक संरचनाले भने पूर्णता पाएको छैन ।ः

प्रकाशित : २३ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६