खोज–अनुसन्धान

बुद्धको क्रिडास्थल तिलौराकोटमा बुद्ध जयन्ती र प्रसुति उत्सव यसरी मनाइयो




कपिलवस्तु २३ बैशाख । प्राचिन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती र प्रसुति उत्सव मनाईएको छ । सोक्रममा प्राचिन घटनाको झझल्को दिने गरी शनिवार शिशु बुद्ध सहीत ल्म्बिनीबाट प्राचिन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको छ । कपिलवसतुका प्रजिअ शंकर हरि आचार्य, प्रहरी उपरिक्षक प्रेम बस्नेत, लुम्बिनी विकास कोषका सदस्य राम नरेश कोहार, परिषद सदस्य गोपी कृष्ण शर्मा लगायतको टोली शनिवार बिहानै बेवी बुद्ध लिन लुम्बिनीको मायादेबी मन्दिरमा पुगेको थियो । शिशु बुद्धलाई बुद्धको क्रिडा स्थल तिलौराकोट ल्याईएको हो । सो यात्रा टोलीले शिशु बुद्धलाई बुद्धजन्तीको अर्को दिन अर्थात शनिवार तिलौराकोट पुर्याएको हो । लुम्बिनी विकास कोषले बुद्ध जन्मिए पछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउदाको झल्को दिने गरी बेबी बुद्धलाई राखेर २६ किमीको भब्य यात्रा निकालेको हो ।

२०७० साल देखि बुद्धजयनतीको अवसरमा सो यात्रा निकाल्ने गरिएको थियो । कोरोनाका कारण २०७७ र २०७८ मो सो यात्रा रोकिएको थियो । गत बर्ष देखि सो पुनः सो कार्यक्रम सुचारु गरिएको हो । बुद्धको जन्मथालो लुम्बिीमा शुक्रवार बुद्ध जयन्ती र लुम्बिनी दिवस मनाईएको थियो । रथ रुपी गाडीमा धातुको बेबी बुद्धको मुर्ति राखेर यात्रा गरिएको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यस्तो कार्यक्रम आफुले जीवन मै पहिलो पटक अनुभव गरेको बताए । उनले पुरातात्विक स्थललाई सुरक्षित गरी मात्र यसको अन्य विकास गर्नु पर्ने बताए । उनले लुम्बिनी जस्तै तिलौराकोटको समेत विकास गनुृ पर्ने बताए । बिगतमा लुम्बिनीलाई केन्द्रमा राखी काम गर्ने तिलौराकोट, रामग्राम लगातयका क्षेत्रमा कम बिकास भएको भन्दै बृहत्तर लुम्बिनी विकास अन्र्गत अन्य क्षेत्रको पनि विकास गरिने बताए ।
राजकुमार सिद्धाथ जन्मिए पछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किदाको २६ सय वर्ष अघिको क्षण बुद्ध जयन्तीमा आफुले पहिलो पटक प्रत्यक्ष अुनभव गर्न पाएको कोषका सदस्य सचिव साुनराजा शाक्यले बताए । ‘ बालकको रुप धारण गरेका बोधीसत्व बुद्ध शिशु लिएर राजप्रासाद फर्कदाको त्यो महत्वपुर्र्ण र आकर्षण राजकिय क्षण महसुस गरे ’ उनले भने । बुद्धका आमा मायादेबीले शिशु बुद्धलाई लिएर फर्कदाको प्रत्यक्ष दृश्य हरे जस्तो लाग्यो ’ । यस्तो कार्यक्रमले आझेलमा परेको प्राचिन कपिलवस्तुको ध्यान खिन्न मद्दत मिलेको लुम्बिनी विकास परिषद सदस्य गोपीकृष्ण शर्माले बताए । २६ सय वर्ष अघिको घटना अहिले हेर्न पाउनु ऐतिहासिक भएको भन्दै यस्ले लुम्बिनी र कपिलवस्तुको ऐतिहासिक संबन्ध अझ सुदृढ हुने उनले बताए ।
पुर्वमन्त्री तथा भारतकालागि नेपालका पुर्वराजदुत दीप कुमार उपाध्यायले प्रसुति मार्गकालागि राज्यले खासै चासो नदिएको बताए । उनले यस्ता कार्यत्रमले लुम्बिनीको छायामा पर्दै आएको कपिलवस्तुको पर्यटन प्रबर्धनमा कोसेढुंगा साबित हुने बताए । उनले कार्यक्रमलाई परिष्कृत गर्दै वर्षेनी परिषकृत गर्दै लानु पर्ने बताए । उनले रथ यात्राले प्राचिनतालाई झल्को दिएर यहाको विकास गर्न झकझक्याएको बताए । प्राचिन कपिलवस्तुको विकासमा सबैको साझा प्रयास र अपनत्व हुनु पर्ने उनले बताए । सो अवसरमा सांसद रुपा विकासले राज्यले तिलौराकोटलाई प्राथमिकतामा राख्नु पर्ने बताईन ।

प्रदेश सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा बुद्धजयनती तामझामकासाथ मनाईरहदा तिलौराकोटमा सामान्य कार्यक्रम गरिएको बताए । उनले तिलौराकोटको कागजमा मात्र विकास गरिदा त्यसलको मुर्तरुप भने लिन नसकेको बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले राज्यले तिलौराकोटलाई प्राथमिकतामा नराख्दा यसको बिकासले गति लिन नसकेको बताए । उनले तिलौराकोटको समग्र विकासकालागि छुट्टै कपिलवस्तु विकास समिति गठन गर्नु पर्ने बताए । सो अवसरमा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले कपिलवस्तुको नेता र जनताको मानसिकताले गर्दा यसको विकास हुन नसकेको बताए । तिलौराकोट दरबारको पश्चिमी द्धार नजिकै शिशु बुद्धलाई राखेर कार्यक्रमको गरिएको थियो ।
बौद्ध ग्रन्थमा लेखिए अनुसार मायादेबी गर्भवती भए पछि दशौं महिनामा माईत देबदह जाने ईच्छा गरेकी थिईन । रम्य उद्यान लुम्बिनी पुगे पछि पालकीबाट र्ओिर्लएर प्राकृतिक सौन्दर्यको सुखानुभन गर्न नपाउदै शारिरिक स्वभावमा परिवर्तनसंगै सालको बृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिईएकी थिईन । यो खबरले तिलौराकोट, कपिलवस्तु शहर र देबदहमा हर्सोउल्लास भयो र सिंगो कपिलवस्तु शहर सिंगारेर चिटिक्क पाएिको थियो । सुत्केरी मायादेबी, शिशु सिद्धार्थ सहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिईन । त्यत्रि बेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसयालीमा घरघरबाट स्वागत गरेका थिए । सिंगो कपिलवस्तरमा कयौं दिन सम्म खुसयाली भएको स्मरण गर्दै रथ यात्रा गर्न लागेको बताईएको छ । कार्यक्रम शान्ति दौड प्रतियोगीतमा बिजयी भएका खेलाडीहरुलाई मन्त्री भुसालले प्रमाण पत्र बितरण गरेका थिए । कोषका सदस्य रामनरेश कोहारको अध्यक्षतामा र गोपीकृष्ण शर्माको स्वागत मन्तब्यमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी लगायतले मन्तब्य दिएका थिए ।

सो अवसरमा उपाध्यक्ष त्रिपाठीले प्राचिन कपिलवस्तुको धान रोपाई मंगलोउत्सवमा महाराज शुद्धोधनको सवारीको प्रतिककारुपमा मायाको चिनो मन्त्री भुसाललाई हस्तान्तरण गरेका थिए । कार्यक्रमका बिच गच्छामी मिडियाले तिलौराकोट दरबारमा प्राचिन कपिलवस्तुका ऐतिहासिक धार्मिक, पर्यटकीय स्थलको फोटा प्रर्दशन समेत गरको थियो । फोटा प्रर्दशनीको उदघाटन गर्दै मन्त्री भुसालले कार्यक्रम रचनात्मक रहेकोले यस्त कार्यक्रमहरु निरन्तर गर्दै जानु पर्ने बताए । कार्यक्रममा सहभागी सबैलाई प्रसाद स्वरुप खीर दिइएको थियो ।

प्रकाशित : २३ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६