ब्रेकिंग न्युज

तौलिहवामा सडक निर्माण फेरी अलपत्र : न भुक्तानी नत रातो कितावमा उल्लेख




कपिलवस्तु ३१ बैशाख । कपिलवस्तुको तौलिहवाको कृषि बैक देखि महिता सम्मको बाटो निर्माण कार्य फेरी अलपत्र परेको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल सहीतको टोली तत्कालीन भौतिक पुर्वाधर मन्त्री मेटमणी चौधरी समक्ष डेलीगेसन गए पछि गत माघ देखि काम सुरु भएको थियो । निर्माण कम्पनीले नाली बनाउने, लगातयका केही काम समेत संपन्न गरेको छ । लुम्बिनी आषिष संतोषी जेभीका ईन्जीनीयर सुजन पनतले काम अनुसारका भुक्तनी नपाइएको र काम बारे रातो किताबमा समेत उल्लेखन नभएकाले काम रोक्न बाध्य भएको बताए ।
२ साता देखि काम रोकिएको हो । उनले कामको भुक्तानी नपाउदा आर्थिक संकटले गर्दा काम अघि बढाउन नसकिएको बताए । निर्माण कार्य बिच मै रोकिए यात्रुहरुलाई हिडडुल गर्न समते समस्या परेको छ । कपिलवस्तुको तौलिहवा स्थित जीर्ण एवं अवपत्र अवस्थामा रहेको कृषि बैक देखि महिता सम्मको बाटो तत्कालै निर्माण गर्नु पर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले माग गरेका छन । कृषि देखि महिता सम्मको १४ सय मिटर लामो बाटो जीण बन्द यात्रुहरुलाई हिडन निकै कठिनाई भएको भन्दै वडाध्यक्ष गैरले सो बाटो तत्कालै निर्माण गरिनु पर्ने माग गरेका हुन ।
सडकको दाया बाया गरी २० मिटर चौडा रहने सो बाटो जीर्ण हुदा हिडनै मुस्किल हुने उनले बताए । उनले अब सो बाटो निर्माणकालागि आफु अनसन बस्ने बताए । त्यही बाटो अन्तर्गत सडक छेउमा घर भएका तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले अलपत्र बाटो निर्माणमा कसैले ध्यान नदिएको गुनासो गरे ।
‘ बाटो ध्यवस्त बनेको छ अलपत्र अवस्थामा त्यसै छाडिएको छ ’ उनले भने । संघ प्रदेश र स्थानीय पालिकाले समेत सो बाटो निर्मााणमा चासो नदिएको उनले आरोप छ । संघीय आयोजना कर्यान्वय ईकाई भैरहवाले हेर्ने सो सडक निर्माण कार्य फेरी अलपत्र अवस्थमा भएको उनले बताए । २० मिटर चौडा सडकका सडको दाया बाया साढे सात साढे सात मिटरको अक्सफाल्ड कंक्रीड प्रबिधिले पक्की सडक बन्ने योजना छ । बिचमा मेडियन र सडको दुबै किनारमा नाला र फुटपात समेत रहने गरी सडक निर्माण योजना रहेको कपिलवस्तु नगरपालिकाका ईन्जीनीयर राजेश सैनीले बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल आफुले सो सडक चाडै निर्माण गर्नकालागि संबन्धित निकायमा ध्यानकषर्ण गराएको बताए ।

प्रकाशित : ३१ बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६