दाङ १ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर एक भालुवाङ स्थित लालमटिया स्वास्थ्य चौकी(प्रस्ताबित ५० शैयाको भालुबाङ अस्पाताल) मा आईतवार पहिलो पटक सफल शल्यक्रिया मार्फत एक बच्चाको जन्म भएको छ।अस्पतालका डाक्टर तिलक बाबू घिमिरेको नेतृत्वमा खटिएको चिकित्सकहरूको टोलीले सफल शल्यक्रिया मार्फत बच्चाको जन्म भएको हो।राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी २१ वर्षीय शरण कुमारी चौधरीको पहिलो सन्तानको रुपमा बच्चा ९छोरा० जन्मिएको हो। हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
१ जेष्ठ २०८०, सोमबार
प्रतिक्रिया