मधेश

मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय



९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् । यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् । तर उनको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६