लेख

सवारी दुर्घटना, कारक तत्व र यसका चुनौतीहरुः




कपिलवस्तु, ०९ जेठ ।
२०७९ चैत्र २८ गते बुधवार बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यू
वैसाख ६ गते महोत्तरीमा मोटरसाइकल र बस जुद्दा ३ जनाको मृत्यू
बैसाख पाल्पामा वस दुर्घटना हुदा १ जनाको मृत्यु १८ जना घाइते
तजडुमा ट्रकले ठक्कर दिदा ३ जना घाइते एकको मृत्यु
२० वैशाखमा कञ्चनको कृष्णापूर २ मा वस र हवीङ्गर दुर्घटना हुँदा १३ जना घाइते
२१ गते डोटीमा जन्ती बोकेको वस दुर्घटना
वैसाख २५ गते रामेछापबाट काठमाडौ जाँदैगरेको यात्रुवहाक वस कामे को चौरी देउरालीमा दुर्घटना हुँदा १२जना घाइते ।

यी त केहि प्रतिनिधी घटना मात्र हुन्। सवारी दुर्घटनामा सयौको ज्यान गयो भने हजारौं घाइते भए । दुर्घटनामा पर्नेहरु आफ्नो गल्तीले भन्दा अरु कसै को कारण अंगम, छन र कालको म मृत्यु हुन वाध्य भए। कयौले अपाङ्ग भएर कष्टकर जीवन बिताउन बाध्य भए।

सवारी दुर्घटना बिभिन्न कारणले हुने गर्दछ । बसमा सवारी साधनको क्षमता भन्दा धेरै यात्रु राख्ने एवं समानहरु लोड की अनियंत्रीत गतिले हाक्ने गर्नाले धेरै दुर्घटना भएन छन् । सिट संख्या कम र यात्रुहरु पढी राखी बस चलाउने गर्नाले दुर्घटनाहरु भएका छन । सडकको अवस्थालाई ध्यान नदिइ तिब्र गतिमा गाडी हाँक्ने, चालकले सवारीज्ञ नियमको पालना नगर्नाले, मादक पदार्थ सेवन गरी सवारी चलाउने, अगाडिको अवस्था ख्याल नगरी ओभरटेक गर्नाले सडक दुर्घटना वृद्धि भइरहेको छ । नेपालमा सडकको दुर्घटना अवस्था पैदलयात्रीको अज्ञानता, सडक ओगटेर व्यापार ! मर्ने, चौपायाहरु खुल्ला छाडिदिने, निर्माण’ सामग्रीहरु सडकमै राखिने पनि सडक दुर्घटनाका वामन हुन। सवारी साधनलाई राम्ररी चेकजाँच नगरी चलाउनु पनि प्रमुख कारण हुन ।

ट्राफिक नपुगेको ठाउँमा मादक पदार्थ सेवन गरि साधनहरु चलाउदा दुर्घटना भएका छन । लामो दुरीमा चल्ने सवारी साधनमा अनुभवी र दुइवटा चालकको व्यवस्थामा कडाई नहुनुलाई पनि कारण मान्न सकिन्छ ।

नेपालका सडकहरुको अवस्था नाजुक छ। सवारी दुर्घटनाको अर्को कारण → सडक पनि हो। कच्चि बाटो र सहायक राजमार्गको अवस्था दयनिय छ भने मुख्य राजमार्गको अवस्था झनै दयानिय छ। वर्षावकर समयमा खाल्टाखुल्टी पूर्ने सरकारी परिपाटीले सडकको अवस्था झन पछि झन खराव भएको छ। आर्थिक वर्ष को बजेट सिध्याउन गरिने यस प्रकारको कार्यले सडक दुर्घटना कमी सहा झन झन बल्झिएको छ ।

सडक दुर्घटना कम गर्न सर्वसाधारण जनतादेखि सवारी धनी, चालक, ट्राफिक प्रहरी र सम्बन्धित निकायले आ-आपनो स्थानबाट आवश्यक कदम चाल्नु बान्छनिय हुन्छ । सेट सवारीधनीले संख्याको आधारमा यात्रु चढाउने गर्नुपर्छ। मालवाहक सवारीसाधनले सडकको क्षमता भन्दा बढी समान लोड नगर्ने हो भने सवारी दुर्घटनामा कमी आउँछ । चलकले सवारी साधन चलाउँदा सडकको अवस्था ख्याल गरी सवारी नियमको पूर्ण पालना गरेमा दुर्घटनाको सिकार बन्नुपर्ने अवस्थाको सृजना हुँदैन। पैदलयात्रुले मैकलमार्गबाट हिड्नुपर्छ भने व्यापारीले सडकमै व्यापार नगरी सुरक्षित ठाउँ रोज्नुपर्छ। सडकमा पशुचौपायालाई पूर्वकपमा निषेध गर्नुपर्छ । ट्राफिक सक्रियतालाई निरन्तरता दिनुपर्छ । सबैले आ-आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गरेमा सडक दुर्घटनामा कमि आउने कुरामा दुई मत छैन् ।

शीत्तल आचार्य
कपिलवस्तु

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६