ब्रेकिंग न्युज

पुल नहुँँदा बालबालिका बर्षाैदेखि उच्च जोखिममा



पुल नहुँँदा बालबालिकालाई जोखिम उच्च
कपिलवस्तु ११ जेठ ।चिरई नदीमा पुल नभएकै कारण कपिलवस्तुको विजयनगरका बालबालिका विद्यालय जाँदा बर्खाको उर्लदो भेल होस् वा हिउँदको चिसो, विद्यार्थीहरु जोखिम मोलेर नदी तर्छन् । विजयनगर गाउँपालिका– वडा नं ५, ६ दालपुर ,नौरंगया,छुट्पाटि,खजानिया , उज्ज्वलपुरका बालबालिका छुट्पाटि–थरौलिघाट जोड्ने पुल नहुँदा जोखिम मोलेर नदी वारपार गरिरहेका छन । चिरई खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ। अधिकांश विद्यार्थी यही खोला तरेर विद्यालय आउने जाने गर्छन्। वर्षौदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता छ। हिँउदको समयमा जोखिम कम हुने भए पनि वर्षातको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ। पुलका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन्। तर हालसम्म पनि कसैले यसतर्फ ध्यान दिएको छैन। जसकाकारण स्थानीयले वर्षातको समयमा खोला तर्न जोखिम मोल्नु परेको हो।
बिद्यालयकि शिक्षिका जसमति यादवले चिरईमा पुल नहुदाँ बिद्यार्थीहरूको पठनपाठन नै प्रभावित भएको बताउनुभएको छ । बर्खाको समयमा पारीका आधा बढी बिद्यार्थी बिद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो । चिरई नदिकै कारण बालबालिकालाई बिद्यालय पठाउन पनि समस्या हुने गरेको एक अभिभावक घनश्याम भरले बताउनुभयो । थरौलिमा रहेको आधारभुत विद्यालय थरौलिमा चारसय पाँचस बढी बिद्यार्थीले पढ्छन। जसमध्ये चिरई नदीपारिका करिब दुई सय विद्यार्थी छन् । उनीहरूलाई दैनिक विद्यालय जान र फर्किने क्रममा नदी तर्न समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक तुलबहादुर सारुले चिरईमा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको बताउनुभयो ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६