देश

रेशम चौधरीलाई माफी नदिन माग गर्दै पीडितले दिए राष्ट्रपति कार्यालयमा निवेदन



जेठ १२, काठमाडौं– रेशम चौधरीलाई आममाफी नदिन भन्दै टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्। सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर रिहा गर्न लागेको भन्दै पीडित शारदा कडायत बोहराले निवेदन दिएकी हुन्।
निवेदक कडायत टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक ९इन्सपेक्टर० केशव बोहोराकी पत्नी हुन्। तीन तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिएर पीडितलाई थप चोट दिन नहुने भन्दै निवेदन दिएको शारदाले बताएकी छन्।२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटको माग राख्दै भएको प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बोहरासहित ८ सुरक्षाकर्मी र एक बालक गरी ९ जना मारिएका थिए।

उक्त आन्दोदनको नेतृत्व हाल जेलमा रहेका रेशमले गरेको खुलेको थियो। रेशमलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल र सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएको छ। हाल डिल्लीबजार कारागारमा रहेका चौधरीलाई जेठ १५ गते रिहा गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६