ब्रेकिंग न्युज

प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच भेटवार्ता



जेष्ठ १८,नयाँदिल्ली —

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसहित समकक्षी मोदीको कार्यालय हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ । ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजनासमेत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि बिहीबार भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । भारत भ्रमणको पहिलो दिन बुधबार उनलाई स्वागत गर्न विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६