दाङ २३ जेष्ठ । दाङको तुलसीपुर ८ स्थित अस्वारा सामुदायीक वनले आफ्नो अतिक्रमित जग्गा छुट्याउन सुरु गरेको छ । तुलसीपुर पमहानगरपालिका ३ भट्टेको सिमानामा जोडिएको अस्वारा सामुदायीक वनको जग्गा स्थानियले अतिक्रमण गरेर घर टहरा बनाउनुका साथै जग्गा भोकचलन समेत गर्न थालेपछि सामुदायीक वन आफ्नो जग्गा नियन्त्रणमा लिन एक्सनमा उत्रिएको हो । अस्वारा सामुदायीक वनको २ सय ४० हेक्टर क्षेत्रफल मध्य झन्डै डेढ बिगाहा क्षेत्रफल स्थानियले अतिक्रमण गरेको अस्वारा सामुदायीक वनका अध्यक्ष यम प्रसाद सुबेदीले जानकारी दिनुभएको छ ।
तुलसीपुर ३ भट्टे निवासी सन्तोश केसी र मानसिंह परियार लगाएतका केही स्थानियहरुले धेरै पहिले देखी नै सामुदायीक वनको जग्गा अतिक्रमण गरेर बस्दै आएको सुवेदीले बताउनुभयो ।गत बैशाख २८ गते घर टहरा हटाउन र सामुदायीक वनको जग्गा छाड्न भन्दै १५ दिने सुचना जारी गरेको भएपनि नमानेपछि फेरी दोस्रो पटक यही जेठ ११ गते ७ दिने सुचना जारी गर्दा समेत अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको अस्वारा सामुदायीक वनका सचिव निम बहादुर खड्काले बताउनुभएको छ । उक्त जग्गा सामुदायीक वनको मात्रै नभएर सबैको भएको भन्दै उहाले यसमा स्थानिय सरकारको साथ पनि आवश्यक रहेको उहाले बताउनुभयो । अब जस्तो सुकै परिस्थीती आएपनि अतिक्रमित जग्गा नियन्त्रणमा लिएरै छाड्ने उहाको भनाई छ ।
विश्व वातावरण दिवसको अवसर पारेर सामुदायीक वनले जग्गा छुट्याउन सुरु गरेको हो । सामुदायीक वनका झन्डै ४ सय उपभोक्ताहरु जम्मा भएर आफ्नो जग्गा छुट्याएरै छोड्ने भन्दै लिखीत निर्णयमा हस्ताक्षर समेत गरेका छन । उपभोक्ताहरुले कुनैपनि हालतमा वनको जग्गा अतिक्रमण गर्न नदिने भन्दै उक्त जग्गा नियन्त्रणमा लिएर वुक्षरोपण गर्ने निर्णय पनि भएको उपभोक्ताहरुको भनाई ।
प्रतिक्रिया