अर्थ-वाणिज्य

केपी ओली र रवि लामिछानेसँग छलफल गर्दै अर्थमन्त्री डा. महत



काठमाडौं, २३ जेठ । करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।

खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठाएका छन् ।

यस विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । नेताहरुको छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी रहेको अर्थमन्त्री निकट स्रोतले बताएको छ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६