देश

भिजिट भिसामा विदेश पुर्‍याएर अलपत्र पार्ने क्रम बढ्यो



जेठ २३ , काठमाण्डौ – विभिन्न व्यक्ति तथा संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर भिजिट भिसामा विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार विभिन्न कन्सल्टेन्सी र व्यक्तिहरूले राम्रो काम र कमाइको लोभ देखाइ भिजिट भिसामा लैजाने र विभिन्न देशमा पुर्‍याएर अलपत्र पारी ठगी गर्ने क्रम बढेको हो ।

मोबाइल नम्बर, फेसबुक, युटुयुव लगाएका सूचना प्रविधिको प्रयोग गरी फिलिपिन्स, इजरायल, माल्टा लगायतका देशमा आकर्षक तलब र सुविधाको प्रलोभन देखाउने, पैसा उठाउने र गैरकानुनी ढङ्गबाट यी देशमा पुर्‍याइ अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसरी वैदेशिक रोजगारीको प्रलोभन देखाउने र ठगी गरेर भाग्ने क्रम बढेपछि विभागमा यस प्रकृतिको उजुरी पनि दिनहुँ बढिरहेको छ ।

तर बिना प्रमाणका यस्ता मुद्दामा पीडितलाई समयमा न्याय दिन कठिन भएको विभागले जनाएको छ । लाखौँ रुपैयाँ ठगी भएको हुँदा पनि प्रमाण नहुँदा ठग्ने व्यक्तिलाई कारबाही गर्न समय लाग्ने गरेको छ । त्यसैले वैदेशिक रोजगारीमा जाँदा इजाजत लिएका म्यानपावर कम्पनीमार्फत मात्र जान र वैदेशिक रोजगारीको लागि रकम बुझाउँदा प्रयोजन खुलाई भरपाई साथमा राख्न विभागले अनुरोध गरेको छ ।

विदेशमा काम गर्न सरकारसँग श्रम स्वीकृति लिएर मात्र जानु पर्छ । घुम्नका लागि जाने भिजिट भिसामा कामका लागि जाँदा विदेशमा पुगेपछि अलपत्र पर्ने र ठगिने सम्भावना हुन्छ ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६