कपिलवस्तु, २४ जेठ । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका २ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित दाङ राप्ती गाउँपालिका ३ बस्ने २२ वर्षीय राज कुमार पुन मगरलई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया