ब्रेकिंग न्युज

पत्रकार महासंघको सदस्यता सुद्धिकरण र वितरणमा प्रियाशनलाई ३ प्रदेशको जिम्मेवारी




दाङ२७ जेठ । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणको काममा संगठनको तर्फबाट उपाध्यक्ष सविन प्रियाशनलाई तीन ओटा प्रदेशको जिम्मेवारी दिइएको छ ।उपाध्यक्ष प्रियाशनलाई लुम्बिनी, गण्डकी र कोशी प्रदेशको जिम्मेवारी दिइएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्डअनुसार जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने प्रेस चौतारी नेपालको स्पष्ट निर्णयअनुसार कार्यान्वयनका लागि चार उपाध्यक्षलाई जिम्मेवारी तोकिएको हो ।उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशमा गणेश पाण्डे । कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा सविन प्रियाशन । कर्णाली, सुदुरपश्चिम प्रदेशमा राजेश राई । मधेश प्रदेश र बागमति प्रदेशमा देविका जिएम गुरुङलाई तोकिएको छ ।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६