कृषि

पाल्पामा एक ट्रक अवैध मल बरामद



बुटवल, २७ जेठ। पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको छ । प्रहरी चौकी हुँगीले चेकजाँच गर्ने क्रममा एक ट्रक अवैधमलसहित चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकमा ३७२ बोरा अवैध मल बरामद गरिएको हो । २ लाख ९७ हजार ६ सय मूल्य बराबरको उक्त मल ओसारपसार गरिरहेको ट्रकमा जनउर्बर भारत परियोजना युरिया नाम मल बरामद गरिएको हो । आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २७ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६