कपिवलस्तु, २७ जेठ ।
अटो मोवाईल्स सञ्चालनमा युवा आर्कषण बढ्न थालेको छ । बैदेशिक रोजगारीको क्रममा विदेशमा सिकेका सिपको सदुपयोग गर्दै युवाहरुले यसप्रति चासो देखाएका हुन । यसैविचमा कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाईमा रेग्मी अटो मोवाईल्स सञ्चालनमा आएको छ ।
बिदेशमा सिकेको सिपले नेपालमा केही गरौ भन्ने उद्धेश्यका साथ अटो मोवाईल्स रिकन्डीसन सोरुम खोलिएको संचालक मिलन रेग्मीले बताए । उनले पश्चिम क्षेत्रमै चार पाङ्ग्रे गाडीहरु सट्टीपट्टी खरिद बिक्रिका लागि रिकन्डीसन सोरुम सञ्चालनमा ल्याएको बताए ।
उनले भने “पहिला साना कारहरुको कारोवार सुरु गरे, राम्रो आय आर्जन देखेपछि अटो मोवाईल्स संचालन गर्न थालेको हुँ ।” उनले युवाहरुलाई बैदेशिक रोजगारीमा नजान सल्लाह दिदैं यस्तै व्यवसाय गर्न सुझाए ।
अटो मोवाईल्स सञ्चालक रेग्मीले हाल नेपालमा इलेक्ट्रोनिक्स गाडीहरुको माग बढिरहेको अवस्थामा डिजल ,पेट्रोल गाडी खरिद बिक्रि गरे पनि समयको माग अनुसार इलेक्ट्रोनिक्स गाडीहरुको पनि खरिद बिक्रि गरिने बताए ।
रेग्मीले रेग्मी अटोमोवाईल्स सञ्चालन गर्नु भन्दा पहिला साना सवारीको कारोवार गर्दै आएका थिए । उनले बुटवल देखि पश्चिममा कपिलवस्तु दाङ्ग,नेपालगन्ज, व्यूठान, अर्घाखाँची बिभिन्न क्षेत्रलाई टार्गेट गर्दै व्यवसाय सुरु गरेको बताए । साना गाडीहरुको माग यस क्षेत्रबाट मात्र नभएर काठमाण्डौ ,बुटवल,चितवन ,पोखराबाट पनि आउने गरेको उनको भनाई छ ।








प्रतिक्रिया