प्रदेश

बुटवलमा ढुङ्गाले हानेर एक पुरुषको हत्या, २ जना पक्राउ



बुटवल, २८ जेठ । बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नावालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले बताए । बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा र्पस लुटपाट गर्ने उद्देश्यले ढुङ्गाले टाउको लगायतका अङ्गहरुमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।

‘चौधरी थरको भन्ने आएको छ, अन्य थप जानकारी संकलन गर्ने काम जारी रहेको छ ।’–प्रहरी निरीक्षक पौडेलले भने । हत्यामा संलग्न युवाहरु बजार क्षेत्रमा लागुऔषध सेवन गर्ने तथा लुटपातका गतिवधि समेत गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६