कठमाण्डौं, ३० जेठ ।
मधेश प्रदेशका सबै दलले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल, संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो। योसँगै मधेश प्रदेशसभा प्रतिपक्षीविहीन बनेको छ।
यसअघि प्रतिपक्षीको भूमिकामा रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले समेत सरकारलाई विश्वासको मत दिने प्रदेशसभा बैठकमा एमाले संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले बताए। यसअघि राजनीति दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले समर्थन दिन लागेको उनको भनाई थियो।
विश्वासको मतका लागि अहिले प्रदेशसभा बैठक जारी छ। १०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २४, कांग्रेस २२, जसपा १८, जनमत १३, लोसपा र माओवादीका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक(एक जना सांसद छन्। यस्तै दुई जना स्वतन्त्र सांसद छन्।
प्रतिक्रिया