प्रदेश

दाङः मिटरब्याजीविरुद्ध ३ सय ६२ वटा उजुरी



दाङ, ०१ असार । दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी परेको छ । सरकारले गएको वैशाख १७ गतेदेखि जेठको तेस्रो हप्तासम्म दिएको समयसीमाभित्र दाङमा मिटरब्याजीविरुद्ध तीन सय ६२ वटा उजुरी दर्ता भएको हो ।

मिटरब्याज अर्थात् अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गएको चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेपछि दाङसहितका जिल्लामा मिटरब्याजीविरुद्ध अनलाइन आवेदन माग गरिएको थियो । त्यही आधारमा आयोगले मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

प्रशासन कार्यालयमा १० हजारदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएको उजुरी परेको छ । छिनुवा पास, दृष्टि बन्धक, २०४६ सालको कारोबारको निवेदन पनि परेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार अनुचित लेनदेनमा भदौ ५ देखि असोज १२ गतेसम्म ८३ वटा निवेदन दर्ता भएकोमा दुवै पक्षलाई राखेर समाधान खोजेकोमा २६ वटा निवेदनमा मिलापत्र भएको छ । ११ वटा मुद्दा अदालतमा पठाई फैसला गराउने काम भएको र ४१ वटामा छलफल बाँकी रहेको छ ।

अहिले अनलाइनमा तीन सय ६२ वटा उजुरी परेकाले विगतमा छलफलका क्रममा रहेका र नयाँ थपिएका आवेदनको बारेमा कसरी अघि बढ्ने भन्नेबारेमा आयोग, सरकारसँग पनि छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी वैद्यले जानकारी दिनुभयो ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६