प्रदेश

दाङको शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ८ जना घाइते




दाङ, ०१ असार । राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।

तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको ज्यान गएको हो।

घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रेफर गरिएको छ । चार जनाको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६