कृषि

लम्पी स्किनले गुल्मीमा १५० गाई गोरु मरे, पाँच हजार संक्रमित



गुल्मी, ०२ असार । पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेका छन्।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको संक्रमणका कारण जिल्लामा १५० गाइगोरु मरेको र करिब पाँच हजार पशुमा संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

पशुमा पहिले उच्च ज्वरो आउने, कल्चौडादेखि शरीरका विभिन्न भागमा गिर्खा आउने र पाक्ने जस्ता लक्षण देखा पर्ने गरेको उनले बताए।

यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैँसीमा बिरलै भएको काफलेको भनाई छ। दूध दिने गाईमा उक्त रोग देखा परेपश्चात आधा जति दूधमा कमी आएको कार्यालयले जनाएको छ। लम्पी स्किन रोगको संक्रमणका कारण पशु मर्ने दर १० प्रतिशत सम्भावना रहेको काफलेले बताए।

यो रोग न्यूनीकरण गर्नका लागि कार्यालयले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ। कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरूसँग सहजीकरण गरी आफूहरूले प्राविधिक र विज्ञ सेवा प्रदान गर्दै आएको काफ्लेले बताए।

जिल्लामा स्थानीय तहको सहयोगमा पशुमा करिब २५ लाख रुपैयाँ बराबरको औषधी र भ्याक्सिन लगाइएको छ।

यता धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिकाभित्र एक दर्जन भन्दा बढी पशु मरिसकेको बताए। उनले हजार भन्दा बढी पशुहरूमा भ्याक्सिन खरिद गरेर लगाइसकेको बताए।

जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा यस्ता माहामारीमा कुनै काम नरहेको पोखरेलको भनाइ छ। नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ।

प्रकाशित : २ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६