प्रदेश

यस्तो आयो बाणगंगाको नीति तथा कार्यक्रम (पुर्णपाठ)




हरि घिमिरे, असार ०२ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बाणगंगा नगरपालिकाको १३औँ नगर सभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।


शनिवार बाणगंगा नगरपालिका वडा न. ४ स्थित पिस हिमालयन रिर्सोटमा सम्पन्न नगर सभामा आर्थिक बर्ष २०८०/०८१ का लागी नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।


नीति तथा कार्यक्रमा बोल्दै नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाका स्थानीय अर्थतन्त्रका प्रमुख अवयबहरुमा मुख्यतः कृषि,पर्यटन, वैदेशिक रोजगार, लघु, घरेलु उद्योग तथा व्यापार क्षेत्रलाई प्रबर्धन गर्न आवश्यक रहेको बताए । उनले नगरपालिका भित्र ठूला तथा मझौला औद्योगिक प्रतिष्ठानहरुको प्रयाप्त विकास भई नसकेको अवस्थामा हालका आर्थिक क्रियाकलापहरु बृद्धि उन्मुख अवस्थामा रहेको बताए ।


नगर प्रमुख अर्यालले आवधिक योजनाले परिकल्पना गरेको “कृषिको उत्पादन तथा उत्पादकत्वबुद्धि गरी खाद्य सुरक्षा, रोजगारी श्रृजना तथा जीवनस्तरमा सुधार ल्याउने दीर्घकालीन सोंच नगरले लिएको उनको भनाई छ ।


नगर प्रमुख अर्यालले नगरभित्र समस्याका रुपमा रहेका छाडा गाइवस्तु ब्यवस्थापनका लागीआवश्यक बजेट बिनियोजन गरी काम सञ्चालन गरिने बताए । उनले नगरको गौरवको आयोजना अन्र्तगत नगर चक्रपथलाई सम्पन्न गरी नगर बस सञ्चालन गरीने, बसपार्क निमार्ण, बुद्ध रगंशाला रमायादेवि रगंशालाको स्तर उन्नती गरीने बताए । नीति तथा कार्यक्रम बाणगंगा नगरपालिक प्रमुख चक्र अर्यालले प्रस्तुत गर्दै आएका प्रश्नको जवाफ दिएका थिए ।


यस्तै नगर उप–प्रमुख रिता कुमारी चौधरीले नगरपालिकाले विगत भन्दा फरक खालको महशुस जनतालाई हुने गरि नीति तथा कार्यक्रम ल्याईएको बताईन । उनले निति तथा कार्यक्रममा कृषि,शिक्षा, स्वास्थ्य तथा पुर्वाधारलाई प्राथमिकता दिइएको बताइन । उप–प्रमुख रिता चौधरीले बाणगंगा २ पिपरामा रहेको पिपरा अस्पतालमा बिशेषज्ञसहितको सेवा बिस्तार गर्ने साथै सोका लागी आवश्यक बजेट समेतब्यवस्थापन गर्दै बजेट छुट्टाउने निर्णय नगर सभाले गरेको जनकारी दिईन ।


पृथक खालको नीति तथा कार्यक्रम ल्याउने जनाएको बाणगंगाले यसपटक “सेवा को वरिपरि जनता होइन, जनताको वरीपरि सेवा” भन्ने नारा दिएको छ । नगरले सुशासनका क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्न यस्तो नारा अगाडि सारेको जनाएको छ ।
जसले बाणगंगाका वडा तथा टोल/टोलमा आवश्यक सबै किसिमका घुम्ती शिविरहरु सञ्चालन गर्ने छ । नगरपालिका मातहतका निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट नगरबासीमा आफ्नोपनको महशुस गराउन भुमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । उनले नागरिकको कामछिटो छरितो होस भन्नका लागी यस कार्यक्रमलाई अवको निति तथा कार्यक्रममा राखीएको जानकारी दिए ।


नगरपालिकाले बिशेष गरेर भौतीक पुर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि, रोजगारी, पर्यटन तथा खेलकुदका क्षेत्रलाई प्राथमिकता दिदै आर्थिक,सामाजिक, बन तथा वातावरण, पुर्वाधार र सस्थांगत सुशासनका बिषयमा केन्द्रित रहेर निति तथा कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । निति तथा कार्यक्रम आज पारित गरेको बाणगंगा नगरपालिकाले असार ८ गते बजेट ल्याउने तयारी समेत गरिको छ ।
नीति तथा कार्यक्रमको पुर्णपाठः

प्रकाशित : २ असार २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६