देश

माओवादी, जसपा, नेकपा एसलगायतका दलहरूले भोलि समाजवादी मोर्चाको घोषणा गर्ने



काठमाण्डाै, ०३ असार । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा भोलि साेमवार हुने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको मोर्चामा आबद्ध शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने जानकारी दिनुभयो । 

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आउनुभएको थियो । 

बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र भोलि नै नै सार्वजनिक गरिने श्रेष्ठले बताउनुभयो ।

प्रकाशित : ३ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६