देश

‘द्वारिका उदय सिनेमा’ हल बुटवलमा पनि लागेन ‘आदिपुरुष’



बुटवल, ०४ असार। भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद विवादपछि बुटवलको चलचित्र भवन ‘द्वारिका उदय सिनेमा’ले उक्त फिल्म प्रदर्शन नै गरेको छैन । चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका प्रदीप कुमार उदयले आफ्नो हलमा शुक्रबारदेखि नै फिल्म नचलाइएको जानकारी दिए ।

‘भारतीय फिल्म आदिपुरुषको सम्बन्धमा राष्ट्रवादीहरू गम्भीर हुन जरुरी छ । राष्ट्रियता भन्दा माथि कोही र केही हुनै सक्दैन’, उदयले भने, ‘दर्शकवृन्दमा क्षमा माग्दै द्वारिका उदय सिनेमामा फिल्म आदिपुरुष नचल्ने जानकारी गराउँछु ।’

उदय भन्छन्, ‘नेपाल भारत बिच विशेष सम्बन्ध छ । सांस्कृतिक, पारिवारिक सम्बन्ध छ । तथापि जस्तो सुकै सम्बन्ध रहेता पनि देशको राष्ट्रियता भन्दा माथि कोही र केही हुन सक्दैन । नेपालको स्वाधीनताको खिलाफमा हुने जुनसुकै हर्कतको प्रतिवाद गर्छौ । यही भावनाले हामीले हाम्रो सिनेमा हलमा चलचित्र आदिपुरुष सुरु बाटै प्रदर्शन गरेनौ । चलचित्र ‘आदिपुरुष’मा राखिएको संवादले दुई देश बिचको पारस्परिक सम्बन्धमा आँच आउने सक्ने अवस्था रहँदा वर्तमान शासक मूकदर्शक भएर बस्नु, नदेखे जस्तो गर्नु अर्थपूर्ण छ र यो वर्तमान सरकारको लाचारीपन हो ।’

तर यही एउटा चलचित्रलाई लिएर सबै हिन्दी चलचित्र चलाउन नदिनु भनेको दुई देश बिचको सम्बन्धमा खलल पुराउनु पनि भएको उनले बताए । यो वास्तविकतालाई सम्बन्धित पक्षले बुझ्नु जरुरी रहेको उनको भनाइ छ ।

भारतको एउटा व्यक्तिले गरेको गल्तीलाई समस्त भारतीयको गल्ती सम्झनु अन्ध राष्ट्रवाद भएको भन्दै उनले भने, ‘काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले चलचित्र आदिपुरुषको संवादको विषयलाई लिएर सो चलचित्रको सम्बन्धमा लिएको कदममा सहमत छु । तर त्यही विषयलाई लिएर अन्य भारतीय चलचित्र समेत चल्न नदिने कार्यमा सहमत हुन सकिँदैन । यदि रोक्ने नै हो भने नेपालीले आयोजना गर्ने व्यक्तिगत वा सार्वजनिक कार्यक्रममा बजाइने भारतीय गीत सङ्गीत रोकौँ ।’ बिना सेन्सर घर घरमा २४ घण्टा टेलिभिजनमा आउने भारतीय च्यानल रोकिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६